गत मंगलबार ४१ अंक माथिले बढेको सेयर बजार परिसूचक नेप्से आज बुधबार पनि अधिकतम ६८ अंक माथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ६८.४७ अंकले बढेर २६ सय ८१.१० विन्दुमा पुगेको हो । गत मंगलबार नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६ सय १२.६५ बिन्दुमा रोकिएको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.७२ अंकले बढेर ५०४.७३ बिन्दुमा उक्लिएको छ । यस दिन सबै जसो समूह धनात्मक (पोजेटिभ) भएर बजार नै हरियाली छाउँदा कारोबार र