नारायणघाट-बुटवल सडक खण्डमा उल्लेख गरिएभन्दा बढी रुख काटिएको ठहर

काठमाडौं, माघ २८ । नारायणघाट-बुटवल सडक खण्डमा डिपिआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरु काटिएकाले बढी रुख काट्न गलत आँकडा पेश गर्ने र काट्न स्वीकृति दिनेहरुमाथि छानविन गर्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रतिनिधि समितिको आजको बैठकले नारायणघाट–बुटवल सडक खण्डका दुवै प्याकेजमा डिपिआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेहरुमाथि छानविन गरी […]

सम्बन्धित सामग्री

नारायणघाट–बुटवल सडक सञ्चालनमा आउन सकेन

एउटा ट्रकका कारण गए रातिदेखि अवरुद्ध नारायणघाट–बुटवल सडक खण्ड अझ पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । बाटो दुईतर्फी सञ्चालन नहुँदा यात्रुले सास्ती पाएका छन् ।

सडकमा खाल्डाखुल्डी : यात्रुलाई एकै ठाउँमा घण्टौँ जाममा बस्नुपर्ने बाध्यता

काठमाण्डाै - मुख्य राजमार्गमा नै ठूलाठूला खाल्डाखुल्डी हुँदा दशैँमा घर फर्कने यात्रु समस्यामा परेका छन् । खाल्डाखुल्डीका कारण  राम्रोसँग गाडी आवतजावत हुन नसक्दा एकै ठाउँमा घण्टौँ जाम हुने गरेको छ । जसका कारण यात्रुले सास्ती भोग्नु परेको हो । पृथ्वी राजमार्ग, नारायणघाट बुटवल सडक खण्ड, अरनिको राजमार्ग, पासाङ ल्हामु राजमार्ग, र पूर्व पश्चिम राजमार्गका ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले यात्रुले सास्ती भोग्नुपरेको हो । बर्खाको समयमा पहिरोले सडक कटान गर्दा तथा ढुङ्गामाटो सडकमा थुप्रिँदा सडक एकतर्फी सञ्चालन हुने गरेका छन् ।...

मुख्यमन्त्रीलाई गिज्याउँदै नारायणघाट-बुटवल सडक खण्ड

सङ्घीयता पछि २ वटा सङ्घीय निर्वाचन क्षेत्र रहेको नवलपुरमा साबिक नवलपरासी हुँदा देखि बाटै जिल्लाले कार्यकारी पद नपाउँदा जिल्ला विकास निर्माणको हिसाबले पछि परेको आम चासोको विषय थियो । केन्द्रमा जुन दलको सरकार भए पनि जिल्लाका माननीयहरूको पहुँच नहुँदा जिल्ला ओझेलमा परेको विषय विगतका दिनमा प्रशस्तै उठ्ने गरेका थिए ।

समयमै सडक निर्माण सम्पन्न गर्न समितिको निर्देशन

संसदीय समितिले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको निर्माणकार्य तोकिएकै समयभित्र सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकले नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको निर्माणकार्य तोकिएको समयभित्रै सम्पन्न हुनेगरी सुरु गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । पूर्वतयारी बिना काम अगाडि बढाएको निष्कर्ष निकाल्दै समितिले सबै प्रक्रिया पूरा […]

नारायणघाट–बुटवल सडक खण्डकाे काम समयमै सक्न संसदीय समितिकाे निर्देशन

काठमाण्डाै – संसदीय समितिले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको काम तोकिएकै समयभित्र सम्पन्न हुने गरी काम अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतकाे विकास तथा प्रविधि समितिको शुक्रवार बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको काम तोकिएको समयभित्रै सम्पन्न हुने गरी सुरु गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । पूर्वतयारी विना काम अगाडि बढाएको निष्कर्ष निकाल्दै समितिले सबै प्रक्रिया पूरा गरी तोकिएकै समयभित्र निर्माण ...

राजमार्ग : निर्माण कि विध्वंस

नारायणघाट–बुटवल सडक खण्ड निर्माण हुन थालेको छ वर्ष भइसकेको छ। नागढुङ्गा–मुग्लिन सडक खण्ड फराकिलो पार्ने कामको पनि आरम्भ भइसकेको छ। मुग्लिन–पोखरा सडक खण्ड चौडा पार्न थालेको पनि दुई वर्ष नाघेको छ। महेन्द्र राजमार्ग अन्तर्गत सिरहा जिल्लामा पर्ने खण्ड पनि मर्मत गरिँदै छ। सारांशमा भन्नुपर्दा नेपालका सबै ठुला खाले राजमार्ग कुनै फराकिला पारिँदै छन् भने कुनैको मर्मत हुँदै छ। यसरी सडकमा सुधारका काम हुनुलाई खुसीको विषय मान्नुपर्ने हो। कालोपत्रे गरिएको चिल्लो बाटोमा यात्रा गर्दै सहजपूर्वक काठमाडौँबाट गन्तव्यमा पुग्ने कुनै ठाउँ छैन भन्दा पनि हुने अवस्था छ।