काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पेरिस पारालिम्पिक्समा पदक जितेकी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराएको छ । पारालिम्पिक्समा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा गरिएको हो । परिक्रमा एअरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर टुङ्गिएको छ । पारा तेक्वान्दो खेलाडी पलेशाले […]