पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । स्वदेश फर्किँदा त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थलमा पलेशासहतिको टोलीलाई भव्य स्वागत गरियो । गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडी, समर्थकलगायतको बाक्लो उपस्थिती थियो ।
काठमाडौं,२३ असोज । चीनमा हालै सम्पन्न भएको १९औं एसियाली गेम्समा सहभागी भएको नेपाली टिम स्वदेश फिर्ता भएको छ । एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई मंगलबार भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेपका पदाधिकारीसहित खेलकर्मी लगायतले स्वागत गरेका हुन् । एसियाडमा करातेकी एरिका गुरुङले रजत र महिला कवड्डी टोलीले कास्य […]