कोरोनाले सुस्ताएको पर्यटन-व्यवसाय उकास्न महोत्सव

इलाम, पाँचथर, ताप्लेजुङ र झापाको पर्यटन प्रवर्धन गर्न आउँदो चैत १५ देखि २२ सम्म केचना–कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव आयोजना गरिने भएको छ।...

सम्बन्धित सामग्री

‘लघु, घरेलु तथा  साना उद्योगका उत्पादनको बजारीकरण आवश्यक’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अर्थतन्त्र उकास्न लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउनुपर्ने बताएका छन् । मंगलवार नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले पर्यटन उद्योग र मुलुकका लघु, घरेलु तथा साना उद्योगलाई जोडेर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याए । पर्यटन उद्योग विस्तारै लयमा फर्किएको भन्दै मन्त्री किराँतीले पर्यटन उद्योगको थप प्रवद्र्धन र विविधीकरण हुनुपर्ने बताए । महासंघले नेपाल सरकारसँगको सहकार्यमा आगामी मङ्सिरमा गर्ने ‘सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रवद्र्धन कार्यक्रम–२०८०’ मा मन्त्रालयको तर्फबाट सहकार्यका लागि सकारात्मक सहयोगको प्रतिबद्धता समेत उनले व्यक्त गरे । सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले नेपाल प्रवद्र्धन कार्यक्रमको कार्यान्वयन मोडालिटीबारे छलफल पनि गरेको थियो । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले उक्त महोत्सव नेपाल सरकारसँगको सहकार्यमा नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय उद्योग व्यापार महासंघद्वारा आयोजना गर्न लागिएको जानकारी दिए ।

कलकत्ताको सुन्तला महोत्सवमा नेपाली पहिचान झल्कदै

एसीयाली राष्ट्रहरुको ग्रामीण क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले भारतको कलकत्तामा आजबाट सुन्तला महोत्सव शुरु भएको छ । ग्रामीण क्षेत्रको पर्यटनलाई माथि उकास्न भारत पश्चिम बंगालको राजधानी कलकत्तामा आयोजना गरिएको महोत्सवमा सहभागी हुन नेपालका बिभिन्न जिल्लाबाट पर्यटन ब्यवसायी कलकत्ता पुग्नुभएको छ ।

अर्थतन्त्र उकास्न तेस्रो प्रादेशिक महोत्सव

जुम्लामा तेस्रो तेस्रो प्रादेशिक कृषि पर्यटन औद्योगिक तथा व्यापार महोत्सव सुरु भएको छ । कोरोना महामारीले थलिएको अर्थतन्त्र उकास्न उद्योग वाणिज्य संघको आयोजनामा यस वर्ष महोत्सव सञ्चालन भएको हो । महोत्सव नेपाली सेनाको टुँडिखेल मैदानमा पाँच दिनसम्म लाग्ने छ । महोत्सवमा किसान विष्णु धितालले अर्गानिक खिरदेखि कुन्जाङ लामाले राडी पाखीका उत्पादनलगायत ४० वटा अर्गानिक स्टल […]

असोज ३ गतेदेखि बनेपामा ‘काभ्रे महोत्सव’

काभ्रे । काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा आगामी असोज ३ गतेदेखि १५ गतेसम्म ‘काभ्रे महोत्सव–२०७९’ हुने भएको छ । बनेपा नगरपालिका– ७ स्थित उग्रेश्वर मन्दिर परिसरमा हुने सो महोत्सव ‘व्यवसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको संघका महासचिव रविन्द्र वैदारले जानकारी बताउनुभयो । कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र उकास्न […]

पोखरामा ‘नयाँ वर्ष महोत्सव’ आयोजना हुने

पोखरा– पोखरामा नेपाली नयाँ वर्षमा महोत्सव आयोजना हुने भएको छ। अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली वर्षमा पनि महोत्सव हुन लागेको हो। कोभिड १९ ले थला परेको पर्यटन उकास्न र पर्यटकीय चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो। पश्चिमाञ्चल होटेल संघले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सव २ वर्ष कोरोना कहरका कारण स्थगित भएको थियो। १७ औं […]