सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सञ्चार मन्त्रालयका सहसचिव एवम् मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहका अनुसार कन्ट्याक ट्रेसिङमा पर्नु भएपछि आइतबार पीसीआर परीक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । कन्ट्याक ट्रेसिङमा परेपछि उहाँले आइतबार बिहानैदेखि भेटघाट बन्द गर्नुभएको थियो ।