आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन दिनअघि सिल गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता पुरुषोत्तम थापाले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आवतजावत पूर्ण रूपमा बन्द गरिने जानकारी दिनुभयो । भारतसँग जोडिएको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका दुई सय र चीनसँगको सिमाना सुरक्षाका लागि आठवटा &lsqu