धानबाली भित्र्याउने बेला पानी परेपछि किसान चिन्तित

काठमाण्डाै – धानबाली भित्र्याउने बेला पानी परेपछि धेरै ठाउँका किसान चिन्तित भएका छन् । दशैँ सकिएलगत्तै धान भित्र्याउने योजना बनाएका किसानलाई समस्या भएको छ । दशैँको बेला धान पाक्ने समय हुने र घर गाउँमा जनशक्ति पनि धेरै हुने भएकाले धान पाकेको ठाउँमा यही बेला धान काट्ने र भित्र्याउने गरिन्छ । तर अस्तिदेखि पानी पर्न थालेपछि टीका सकिएलगत्तै धान काट्ने किसानको योजना बिफल भएको छ । कतिपय ठाउँमा त काटेर खेतमै सुकाएको धान पानीले भिजाएको छ । धान काट्ने बेलामा पानी पर्ने संकेत नदेखिए पनि धान काटेर सुकाउनेबित्तिक...

सम्बन्धित सामग्री

बेमौसमी वर्षाले धानबाली सखाप

मकवानपुर : बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन्। मङ्गलबार राति आएको हावासहितको पानीले धानबालीमा क्षति पुर्‍याएको हो।मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सिमलटार, धादिङफाँटसहित गाउँपालिकाको विभिन्न स्थानमा लगाइएका धानबालीमा क्षति पुगेको स्थानीय किसानले बताएका छन्। सिमलटारका किसान एटबहादुर बस्नेतका अनुसार धान भित्र्याउने समयमा हावासहितको पानीले खेतमै धान ढलेको बताए।  उनले भने, “मङ्गलबार बिहानपख करिब २ बजे हावासहितको वर्षाले पाकेको धानबालीमा क्षति पु

कञ्चनपुरमा पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित

कञ्चनपुर – कञ्चनपुरमा बेमौसमी वर्षाले पाकेको धानबाली भिजाएपछि किसान चिन्तित भएका छन् । पाकेको बाली भित्र्याउने समयमा आएको वर्षाले खेतमा धान भिजाएपछि किसान चिन्तित भएका हुन् । सोमबारको वर्षाले काटेको धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी किसान अनिला चौधरीले बताए । “सात÷आठ कट्ठा खेतको काटेको धान भिजाएको छ, एक्कासी पानी आउँदा खेती भित्र्याउनै पाएनौँ”, उनले […]

अविरल वर्षाले जुम्लामा धानबाली क्षति

बुधबार बिहानदेखिको अविरल वर्षाले जुम्लामा धानबालीमा क्षेति पुग्‍याएको छ । खेतमा धान ढलेका छन् । पाक्नै लागेको धान वर्षाले ढालेपछि किसान चिन्तित छन् । गुठीचौर ५ का मीनबहादुर महतले भित्र्याउने बेलाको धानबाली ढलेपछि समस्या भएको बताए ।

अविरल वर्षाले जुम्लामा धानबाली क्षति

बुधबार बिहानदेखिको अविरल वर्षाले जुम्लामा धानबालीमा क्षेति पुग्‍याएको छ । खेतमा धान ढलेका छन् । पाक्नै लागेको धान वर्षाले ढालेपछि किसान चिन्तित छन् । गुठीचौर ५ का मीनबहादुर महतले भित्र्याउने बेलाको धानबाली ढलेपछि समस्या भएको बताए ।

डुबेको धान जोगाउन खाली ठाउँ या खेतमै खाडल बनाएर पानी तर्काउन विज्ञको सुझाव

काठमाण्डौ – लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुबेको छ । कतै बगाएको छ भने केही ठाउँमा हावाहुरीसँगैको पानीले धान ढालेको छ । भित्र्याउने अवस्थामा रहेको हजारौँ हेक्टर खेतको धानबाली नोक्सान भएको छ । पसाउने बेलामा ढलेको धानमा बाला नलाग्ने समस्या हुन्छ । मनसुन सकिएपछि परेको पानीले धानबालीमा नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । काटेर खेतमा उठाउन छुटेको धान बिग्रने चिन्ता छ । बाला पानीमा चुपुक्कै डुबेको छ । पानीमा रुझेको धानको चामल सग्लो नहुने र आधा...

झुलेका धानबाली डुबानमा, किसान चिन्तित (तस्बिरहरू)

दसैं मनाएर बाली भित्र्याउने तयारी गरिरहेका किसानलाई बाढी तथा डुबानले दुखी बनाएको छ । बाली भित्र्याउन नपाएको मात्रै होइन, निरन्तरको बर्षाले तराई क्षेत्रका नागरिकमा घरबास नै डुबानउने चिन्ता बढेको छ ।

रोकिएन पानी, पाकेको धान खेतमै ढल्दा किसान चिन्तित

मौसमको अवस्था बुझेर मात्रै धान भित्रयाउन कृषि विज्ञको सुझाव छ । मौसमविद्ले आगामी बुधबारसम्म पानी पर्ने बताएका छन् ।

धानका बालामा भुस मात्रै, डोल्पाली किसान चिन्तित

डोल्पाका दुई स्थानीय तहमा लगाइएको धानबालीमा दाना नलागेपछि कृषक चिन्तित बनेका छन् । ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न ठाउँमा लगाइएको धानबाली भित्र्याउने समयमा दाना नभएपछि कृषकहरू चिन्तित बनेका हुन्...