अविरल वर्षाले जुम्लामा धानबाली क्षति

बुधबार बिहानदेखिको अविरल वर्षाले जुम्लामा धानबालीमा क्षेति पुग्‍याएको छ । खेतमा धान ढलेका छन् । पाक्नै लागेको धान वर्षाले ढालेपछि किसान चिन्तित छन् । गुठीचौर ५ का मीनबहादुर महतले भित्र्याउने बेलाको धानबाली ढलेपछि समस्या भएको बताए ।