बराबरीमा रोकिए अर्जेन्टिना र चिली

विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज सम्पन्न खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन्। अर्जेन्टिनास्थित स्टेडियो युनिको डे सान्टिआगोमा सम्पन्न खेलमा घरेलु टोली चिलीसँग १-१ को बराबरीमा रोकिएको हो। खेलको २४ औं मिनेटमा अर्जेन्टिनाले लियोनल मेस्सीको गोलमा अग्रता बनाएको थियो। लौटरो मार्टिनेजलाई बक्समा लडाएपछि पाएको पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै कप्तान…

सम्बन्धित सामग्री

अर्जेन्टिना र नेदरल्यान्ड्स विश्वकपमा

ब्राजिलसँग बुधबार गोलरहित बराबरीमा खेलेको अर्जेन्टिना आगामी वर्ष हुने विश्वकप फुटबल प्रतियोगतामा चयन भएको छ। दक्षिण अमेरिकी समूहबाट ब्राजिल पहिले नै विश्वकपमा चयन भइसकेको छ। यस समूहबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो राष्ट्र भएको छ। चिली बुधबार नै घरेलु मैदानमा तेस्रो स्थानमा रहेको इक्वेडरसँग २–० ले पराजित भएपछि अर्जेन्टिना विश्वकपमा खेल्न योग्य भएको हो। चार खेल बाँकी रहेको स्थितिमा २९ अङ्क बनाएको अर्जेन्टिना कम्तीमा शीर्ष चारमा रहने पक्का भएको हो।दक्षिण अमेरिकी समूहबाट चार टिम स्वतः विश्वकपमा चयन हुने र पाँच...

कोपा अमेरिका : आत्मघाती गोलपछि चिली उरुग्वेसँग बराबरीमा रोकियो

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले १–१  गोलको बराबरी खेलेका छन् । बिहान सकिएको खेलको २६ औं मिनेटमा चिलीका एदुआर्दो भर्गासले  गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ६६ औं मिनेटमा चिलीकै भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकियो । चिली पाँच अङ्कसहित शीर्ष स्थानमा छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र पाराग्वे खेलिरहेका छन् । आज विजयी भएमा दुवै टोली शीर्ष स्थानमा पुग्नेछन् ।

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र उरुग्वे खेल्दै

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा समूह 'ए' का अर्जेन्टिना र उरुग्वे खेल्दै छन् । खेल बिहान पौने ६ बजे हुनेछ । पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना उरुग्वेलाई हराउँदै समूहमा पहिलो जितको खोजीमा हुनेछ । यस्तै, उरुग्वे पनि आज विजयी सुरुवात गर्न चाहन्छ । समूह 'ए' मा चिली चार अङ्कका साथ शीर्ष स्थानमा छ भने पाराग्वे तीन अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै, एक अङ्क जोडेको अर्जेन्टिना तेस्रो स्थानमा छ । एक खेल पनि नखेलेको उरुग्वे पुछारभन्दा माथि र बोलिभिया अङ्कविहीन हुँदै पुछ...

कोपा अमेरिकामा आज राती चिली र बोलिभिया भिड्दै

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती चिलीले बोलीभियाको सामना गर्दैछ। एरिना पान्तनलमा हुने खेल नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोली बिहान अर्जेन्टिना र उरुग्वे भिड्दैछन्। स्टाडियो नेशिओनल रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेबाट सुरु हुनेछ। यसअघिको पहिलो खेलमा चिली र अर्जेन्टिना बराबरीमा रोकिएदा बोलिभिया पराग्वेसँग ३–१ ले पराजित भएको थियो।

कोपा अमेरिका: बराबरीमा रोकियो अर्जेन्टिना

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न पहिलो खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन्। ओलम्पिक स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा यी दुई टोली बराबरीमा रोकिएका हुन्। खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा अघि रहेको अर्जेन्टिनासँग चिल्लीले दोस्रो हाफमा बराबरी गर्‍यो। खेलको…

कोपा अमेरिका: अर्जेन्टिनालाई चिलीको चुनौती

कोपा अमेरिका अन्तर्गत भोलि बिहान हुने खेलमा अर्जेन्टिना र चिली प्रतिस्पर्धामा उत्रँदै छन्। ब्राजिलको रियो डी जेनेरियो स्थित ओलम्पिक स्टेडियममा खेल भोलि बिहान २: ४५ मा सुरु हुनेछ। समूह 'बी' का यी दुई टोली शुक्रवारमात्र विश्वकप छनोट अन्तर्गतको दक्षिण अमेरिकी छनोटमा आमनेसामने भएका थिए। उक्त खेल १-१ को बराबरीमा रोकिएको…

अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियो

काठमाडौं। विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको छ।आज बिहान भएको खेलको २६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर ३६ औं मिनेटमा चिलीका एलेक्सिस सान्चेजले बराबरी गोल फर्काए।बराबरीपछि अर्जेन्टिना ५ खेलबाट ११ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने चिली छैठौं स्थानमा छ।शीर्ष स्थानको ब्राजिलको ४ खेलबाट १२ अंक छ।

अर्जेन्टिना र चिलीको यात्रा अनिश्चित

मंगलबार पुनः एक पटक सुखद नतिजाका निकाल्न असफल भएपछि अर्जेन्टिना र चिलीको विश्वकप यात्रा थप अनिश्चित बनेको छ । दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत गए राति सम्पन्न खेलमा अर्जेन्टिना घरेलु मैदानमा छनोट चरणबाट बाहिरिसकेको भेनेजुएलासँग १–१ को बराबरीमा राोकिँदा चिली ला पजमा बोलिभियासँग १–० ले स्तब्ध भयो ।