ब्राजिलसँग बुधबार गोलरहित बराबरीमा खेलेको अर्जेन्टिना आगामी वर्ष हुने विश्वकप फुटबल प्रतियोगतामा चयन भएको छ। दक्षिण अमेरिकी समूहबाट ब्राजिल पहिले नै विश्वकपमा चयन भइसकेको छ। यस समूहबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो राष्ट्र भएको छ। चिली बुधबार नै घरेलु मैदानमा तेस्रो स्थानमा रहेको इक्वेडरसँग २–० ले पराजित भएपछि अर्जेन्टिना विश्वकपमा खेल्न योग्य भएको हो।
चार खेल बाँकी रहेको स्थितिमा २९ अङ्क बनाएको अर्जेन्टिना कम्तीमा शीर्ष चारमा रहने पक्का भएको हो।दक्षिण अमेरिकी समूहबाट चार टिम स्वतः विश्वकपमा चयन हुने र पाँच...