भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानमा आयोजना हुने क्षेत्रीय शिखर सम्मेलनमा भाग लिने भएका छन् । रुसका अनुसार सम्मेलनमा भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आमनेसामने वार्ता हुने भएको छ ।चीन, रुस, मध्य एसियाका चार देश कजाकिस्तान, किर्गिस्तान, उज्बेकिस्तान र ताजिकिस्तान, भारत र पाकिस्तान सम्मिलित साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलन आगामी सेप्टेम्बर १५ र १६ मा उज्बेकिस्तानको समरकन्दमा हुने भएको हो ।बुधबार चीनका लागि रुसका राजदूतले पुटिन र सीबीच शिखर वार्तामा भे