व्यवसायी मोहन साहनीले सर्वोच्च अदालतले गरेको फैसला अनुसार बिगो तिरे पनि नेपाल बैंक लिमिटेडले आफ्नो सम्पत्ति फिर्ता नगरेको जनाएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै साहनीले अदालतको आदेश अनुसार आफूले बिगो तिरेको तर बैंकले सम्पत्ति फिर्ता नगरेको बताएका हुन् ।उनले सर्वोच्च अदालतको फैसला जतिसक्दो छिटो कार्यान्वयनको मागसमेत गरे । उनले भने, ‘सर्वोच्च अदालतको फैसला बमोजिमको भुक्तानी भइसकेकाले धितो फिर्ता पाउन अनुरोध गर्दछु ।’ बिगो तिरिसकेका कारण आफूले बैंकमा धितो राखेको सम्पत्ति फिर्ता पाउन