व्यवसायीको गुनासो : १९ करोड बिगो तिर्दासमेत नेपाल बैंकले सम्पत्ति फिर्ता दिएन

सर्वोच्च अदालतले गरेको फैसला अनुसार बिगो तिरे पनि नेपाल बैंक लिमिटेडले आफ्नो सम्पत्ति फिर्ता नगरेको भन्दै व्यवसायी मोहन साहनीले ध्यानाकर्षण गराएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साहनीले अदालतको आदेश अनुसार आफूले बिगो तिरेको तर बैंकले सम्पत्ति फिर्ता नगरेको बताएका हुन् । उनले जतिसक्दो छिटो सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरे । साहनीले भने,‘सर्वोच्च अदालतको फैसला बमोजिमको भुक्तानी भई सकेकाले धितो फिर्ता पाउन अनुरोध गर्दछु ।’ बैंकमा धितो राखिएको करोड