नेपाल विद्युत प्राधिकरणले थप २ वटा आयोजनाबाट उत्पादित बिजुली निर्यातको अनुमति पाएको छ । भारतले काबेली बीवान आयोजना र तल्लो मोदीबाट उत्पादित बिजुली निर्यातको अनुमति दिएको हो ।प्राधिकरणले दिएको जानकारीअनुसार यससँगै नेपालले भारततर्फ कूल ४५२.६ मेगावाट बिजुली निर्यातको अनुमति पाएको छ । यसअघि प्राधिकरणले भारततर्फ ४०८.९५ मेगावाट बिजुली निर्यातको अनुमति पाएको थियो ।नेपालले गत आर्थिक वर्षदेखि भारततर्फ बिजुली निर्यातको अनुमति पाएको थियो । गत आर्थिक वर्षको सुरूवातमा नेपालबाट भारततर्फ ३९ मेगावाट बिजुली