उच्च पदस्थले कम सेवा सुविधा लिनुपर्ने माग

काठमाडौँ : सांसदहरूले देशमा आर्थिक संकट देखाएर सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद वासुदेव घिमिरेले मन्त्री र सांसदको तलब आधा कटौती गर्न माग गरे। खर्च कटौती तलबाट नभएर माथिबाट गर्नुपर्ने भन्दै सांसद घिमिरेले मन्त्री र सांसदको तलब आधा कटौती गर्ने प्रस्ताव आज बसेको प्रतिनिधिसभाको बैठकमा राखेका हुन्। घिमिरेले चालू खर्च कम गराउन राज्यको सबैभन्दा माथिल्लो पदमा बसेकाहरूले नै कम सेवा सुविधा लिएर काम गर्नुपर्ने प्रस्ताव गरे।    सबै तहमा करार त

सम्बन्धित सामग्री

बढेन शिक्षकको सेवा सुविधा, कुन तहकाले कति पाउँछन् ?

काठमाडौं : शिक्षकहरूले आफ्नो सेवा सुविधा बढाउनुपर्ने माग गरे पनि सरकारले चालू आवमा उनीहरूको सेवासुविधा बढाएको छैन।शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०।०८१ अनुसार शिक्षकहरूकाे सेवासुविधा साविक बमोजिम तोकिएको छ।कार्यक्रम कार्यान्वयन पुस्तिकानुसार सबै तहका शिक्षकले १२ महिनाकै तलब अर्थमन्त्रालयले स्वीकृत गरेको स्केलअनुसार पाउनेछन्। सबै तहका शिक्षकहरूले एक महिना बराबरको चाडपर्व खर्च पाउनेछन्।  महँगी भत्ता तोकिएअनुसार दिइनेछ।

कलाकार परिचय पत्रको सेवा-सुविधा तोक्न माग

नेपाल चलचित्र कलाकार संघले सरकारको तर्फबाट कलाकर्मीलाई प्रदान गरिँदै आएको विशिष्ट परिचय पत्रको सेवा सुविधा तोक्न माग गरेको छ। संघका अध्यक्ष मोहन निरौला नेतृत्वको एक टोलीले हालै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई भेटेर उक्त माग गरेका हुन्। अध्यक्ष निरौलाले ७० वर्ष नाघेका कलाकारलाई राज्यले मासिक भत्ता र औषधि उपचार सुविधासमेत दिनुपर्ने मागसमेत अघि सारे। […]

स्टार होटल सरह सुविधा दिन व्यवसायीको माग

मझौला तथा साना होटल व्यवसायीहरुले ठूला तारे होटल सरह आफूहरुलाई पनि सेवा सुविधा दिन सरकारसँग माग गरेका छन् । बुधबार होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो माग गरेका हुन् । ‘राज्यले ठूला तारे होटलहरुलाई मात्र पर्यटन उद्योगको हिस्सेदारको रुपमा लिइरहेको छ । सेवा सुविधा उनीहरुका […]

संसद्का कर्मचारीको सेवा सुविधा बढाउने अवस्था छैन : अध्यक्ष तिमिल्सिना

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयका कर्मचारीको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन्। संसद् सचिवालयका कर्मचारीले आफ्नो सेवा सुविधा बढाउन माग गरिरहेका वेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाइ बाहिर आएको हो।संसद् सेवा दिवसको अवसर पारेर मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक अवस्थामा नसुध्री संसद् सचिवालयका लागि बजेट बढाउन नमिल्ने स्पष्ट पारे। अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको वेल

कर्मचारीहरूको सेवा सुविधा बढाउने अवस्था छैनः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन् । संसद सचिवालयका कर्मचारीहरुले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाइ बाहिर आएको हो । संसद सेवा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने स्पष्ट पारे । अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहर

संसद सचिवालयका कर्मचारीको सेवा सुविधा बढाउने अवस्था छैनः अध्यक्ष तिमिल्सिना

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन्। संसद सचिवालयका कर्मचारीहरुले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाइ बाहिर आएको हो। संसद सेवा दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक अवस्थामा सुधार नआइ संसद सचिवालयको लागि […]

सेवा सुविधा नपाएको भन्दै विद्यालय कर्मचारी परिषद्को आन्दोलन घोषणा

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासङ्घबिच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको छ । परिषद्ले भदौ एक गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म धर्ना कार्यक्रम, दुई गते तालाबन्दी र तीन गतेदेखि अनिश्चित कालीन विद्यालय तालाबन्दी गर्ने […]

सेवा सुविधा बढाउन हुलाक कर्मचारी एसोसिएसनको माग

नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनले कर्मचारीहरूको सेवा÷सुविधा बढाउन माग गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले अतिरिक्त हुलाकका कर्मचारीले पनि अन्य राष्ट्रसेवक कर्मचारीको जत्ति नै सेवा सुविधा पाउनुपर्ने भन्दै तलब वृद्धि गर्न सरकारसँग माग गरेको हो ।उनीहरूले अवकाशपछि रित्तो हात फर्कनुपर्ने अवस्थाको अन्त्य गर्दै सुविधासहित कर्मचारीहरूलाई बिदाइ गर्नुपर्ने पनि माग अघि सारेका […]