संघीय संसद् सचिवालयले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रमुख विपक्षी दल नेताका रूपमा सम्बोधन गर्दै पत्र लेखेको पाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई गत पुस २६ मा विश्वासको मत दिएपछि कांग्रेसको विपक्षी दलको हैसियतबारे कानुनी र नैतिक प्रश्न उठिरहेका बेला संघीय संसद् सचिवालयले पठाएको पत्र सोमबार सार्वजनिक भएको हो ।