काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ। आइतबार संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन्। संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड बजेट छुट्याइएको छ। यो बजेट चालु आर्थिक वर्षको भन्दा करिब ५२ अर्ब कम हो। चालु आर्थिक वर्षमा स्वास्थ्यले संघमा मात्र १ खर्ब १ अर्ब बजेट पाएको थियो। जसमध्ये पछि ७ अर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा वि