निषेधाज्ञा उल्लंघन गर्ने १५ सय ३८ वटा सवारी साधन होल्ड

काठमाडौं । प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञा नमान्ने १५ सय ३८ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार देशभरबाट ४ सय ५६ वटा चारपाङ्ग्रे र १ हजार ८२ वटा दुईपांग्रे सवारीलाई नियन्त्रणमा लिएर होल्ड गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।नियन्त्रणमा लिएका सवारीलाई प्रहरीले होल्ड गरेर चालकलाई कोभिड–१९ बारे सचेत गराएर छाड्ने गरेको छ । मास्क नलगाई हिँड्ने ९ सय ४० जनालाई प्रहरीले बुधवार मास्क वितरण गरेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड–१९ मापदण्ड पालना

सम्बन्धित सामग्री

आज १५ सय २३ गाडीले होल्ड, भोलिदेखि थप कडा

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने १५ सय २३ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । ट्राफिक प्रहरी प्रवक्ता श्याम कृष्ण अधिकारीका अनुसार आज पानी परेकाले धेरै गाडी चलेका छैनन् । उल्लंघन गर्नेमा ५ सय ४८ वटा गाडी र ९ सय ७५ वटा मोटरसाइकल रहेका छन् ।

देशभर निषेधाज्ञा उल्लंघन गर्ने १५ सय ७७ सवारी साधन नियन्त्रणमा

काठमाडौं,९ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय ७७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ३ सय ९० वटा गाडी र १ हजार १ सय ८७ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छाड्ने गरेको […]

काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने १५ सय सवारीसाधनलाई कारवाही

संघीय राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गर्ने १ हजार ५०० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।  बिहीवारदेखि लागू भएको निषेधाज्ञामा जबरजस्ती र चलाउन नमिल्नेले सवारीसाधन चलाएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ हजार ५०० सवारीसाधनलाई कारवाही गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए ।  ‘हामीले बिहानदेखि दिउँसो १२ बजेसम्म १५ सय सवारीसाधन होल्ड गरेका छौं,’ प्रवक्ता अधिकारीले लोकान्तरसँग भने । ट्राफिक प्रहरीले १ हजार २०० मोटरसाइकल...