जेठ १९, मस्को (रुस) । रुसले बनाएको कोरोना भाइरस विरोधी तेस्रो खोप कोभिभ्याक कोभिड–१९ विरुद्ध ८० प्रतिशतभन्दा बढी प्रभावकारी पाइएको छ ।
त्यहाँको सरकारी समाचार संस्था इन्टरफ्याक्सले खोप निर्माता कम्पनीले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकलाई उद्धृत गर्दै बुधवार यस्तो समाचार छापेको हो ।
चुमकोभ सेन्टरले यसअघि योजना बनाएकोभन्दा एक वर्षमा छ गुणा धेरै खोप उत्पादन गर्ने पनि इन्टरफ्याक्सले बताएको छ । यसअघि एक वर्षमा कोभिभ्याक्सको १ करोड डोज उत्पादन गर्ने योजना कम्पनीको थियो । एजेन्सी