निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरूले १८ कात्तिकदेखि २ मंसिरसम्मको अवधिमा कोणसभा, आमसभा, र्याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारपसार गर्न पाउने बताएका छन् ।आइतबार प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ५ कात्तिकदेखि १८ गतेसम्मको अवधि उम्मेदवारलाई घरदैलो कार्यक्रम गर्ने समयको भएको […]