राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरेको हो । प्रतिष्ठानले दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न थालेको उपकुलपति प्रा. डा. सङ्गीता भण्डारीले जानकारी दिनुभयो । कोरोना महामारीका बेला अक्सिजन अभाव भएका कारण सरकारले प्रतिष्ठानलाई प्लान्ट निर्माण गर्न भन्दै बजेट पठाएको थियो । कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न र अस्पतालमा अन्य बिरामीका लागि पनि अक्सिजन आ...

सम्बन्धित सामग्री

दाङका चार ठाउँमा अक्सिजन उत्पादन, अस्पतालमा छैन अभाव

दाङ : कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको अभावमा धेरैले ज्यान गुमाएको दाङमा अहिले चारवटा अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि पर्याप्त भएको छ।घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरमा रहेको  राप्ती प्रादेशिक अस्पताल, घोराहीमा रहेको दाङ अक्सिजन उद्योग र तुलसीपुरको दुधरासमा रहेको सोनापुर सिमेन्ट एण्ड मिनरल्सले अक्सिजन उत्पादन सुरु गरेको छ। अहिले दैनिक एक हजारभन्दन बढी अक्सिजन सिलिन्डर उत्पादन भइरहेको छ। प्रतिष्ठानमा दैनिक ३००, दाङ अक्सिजन उद्योगमा १७०, राप्ती प्रादेशि

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घ सरकारले उपलब्ध गराएको रु दुई करोड ५० लाख बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरिएको हो । दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन थालिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लिग अक्सिजन आवश्यक पर्ने भएकाले प्रतिष्ठानले प्लान्ट निर्माण गरेको छ । कोरोनाका अधिकांश बिरामीलाई अक्सिजन आवश्यक पर्ने अवस्था देखिएकाले पनि दीर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानका