काठमाडाैँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरुसँग छलफल गर्ने भएका छन्। नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने आफूपक्षका २२ जना सांसदसँग छलफल गर्न लागेका हुन्। पार्टी एकताका लागि दबाबमा रहेका नेपालले सांसदहरुसँग आगामी बाटाेबारे छलफल गर्न लागेका बताइएकाे छ।