प्रधानसेनापति आज संसदीय समितिमा उपस्थित हुने

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा आज संसदीय समितिमा जाँदैछन्। नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो। समितिले उनलाई शुक्रबार ९ बजेका लागि बोलाएका हो।बुधबार अमेरिकी दूतावासले नेपाल एसपीपीको अंग भइसकेको बताएको थियो भने नेपाली सेनाले विज्ञप्ति जारी गर्दै कुनै पनि सैन्य गठबन्धनमा नरहेको र नरहने जनाएको थियो । बिहीब

सम्बन्धित सामग्री

एसपीपीबारे छलफल गर्न प्रधानसेनापति शर्मा अन्तर्राष्ट्रिय समितिमा उपस्थित

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताका लागि नेपाली सेनाले गरेको पत्राचारका विषयमा छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मा संसदीय समितिको बैठकमा उपस्थित भएका छन् ।