हेलम्बुमा कक्षा १२ सम्म दिवा खाजा

हेलम्बु गाउँपालिकाले कक्षा १२ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउँदै आएको छ । सरकारले कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको भए पनि हेलम्बु गाउँपालिकाले माध्यमिक तहका विद्यार्थीलाई आफ्नै स्रोतले दिवा खाजा खुवाउँदै आएको हो ।

सम्बन्धित सामग्री

तामाकोशीका विद्यालयमा १२ कक्षासम्म दिवा खाजा

दोलखाको तामाकोशी गाउँपालिकाले कक्षा १२ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउन सुरु गरिएको छ ।

अमरपुरको सरस्वती माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार अभाव

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार अभाव हुँदा दुई अलगअलग समयमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । विद्यालयमा विद्यार्थीको चापअनुसार कक्षा कोठा नहुँदा बिहान ६ देखि १० बजेसम्म र १० देखि ४ बजेसम्म कक्षा सञ्चालन भइरहेका छन् । बिहानीको समयमा वन विज्ञान र कक्षा ११ तथा १२ का कक्षा सञ्चालन हुँदै आएका छन् । बिहान १० बजेपछि कक्षा १ देखि १० सम्मका कक्षा सञ्चालन हुने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बुढाका अनुसार विद्यालयमा ११ भवन रहेका छन् । त्यसमध्ये नौ पक्की र दुई जस्ता पाताको छाना भएका भवन छन् । ‘दुई पक्की भवनमा वन विज्ञान कार्यक्रमका छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रावासको प्रबन्ध मिलाएका छौँ,‘ उनले भने, ‘बाँकी नौओटा भवनका २२ कोठाहरुमध्ये कम्प्युटर ल्याब, पुस्तकालय, प्रयोगशाला, भण्डारण कक्ष, दिवा खाजा व्यवस्थापन, शिक्षक स्टाफ गरी १० कोठा प्रयोगमा रहेका छन्, बाँकी १२ कोठामा छात्रावासका थप चार गरी १६ कोठामा पठनपाठनको कार्य भइरहेको छ ।‘ कक्षा कोठाको अभावमा विद्यालयमा सञ्चालनमा रहेका बाल विकासका तीन कक्षालाई एउटै कोठामा राख्नुपरेको उनले बताए । आधारभूत तहका कक्षाका लागि आठ, माध्यमिक तहका लागि चार र तीनवर्षे वन विज्ञान शिक्षाका लागि तीन कक्षाकोठा प्रयोग भइरहेका छन् । ‘विद्यालयमा विद्यार्थीको सङ्ख्या ७३४ रहेको छ । छात्र ३३९ र छात्रा ३९५ रहेका छन् । ‘विद्यार्थीको अनुपातमा कक्षा कोठाको निकै अभाव छ,‘ विद्यालयका निमित्त प्रधानाध्यापक गणेशबहादुर विष्टले भने, 'कक्षा कोठाको अभाव र आवश्यक माध्यमिक शिक्षक दरबन्दी अभावले अलगअलग समयमा कक्षा सञ्चालन गर्नुपरेको छ ।‘ उनका अनुसार कक्षा १२ मा सबैभन्दा बढी एक सय २३, कक्षा ९ मा एक सय १२, कक्षा ८ मा ७३ विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थीको सङ्ख्या अधिक भए पनि कक्षा कोठा नपुग्दा एउटै कक्षामा राखेर पठनपाठन गराउनुपर्ने अवस्था रहेको उनले बताए  । ‘आगामी शैक्षिक सत्रदेखि विद्यालयमा थप छ कक्षाकोठा निर्माण गर्ने लक्ष्य लिएका छौँ,‘ निमित्त प्रधानाध्यापक विष्टले भने, “फर्निचरको पनि अभाव छ, त्यसका लागि नगरपालिकासँग आवश्यक बजेटको व्यवस्था मिलाइदिन आग्रह गरेका छौँ ।‘ विसं २०४२ मा स्थापना भएको विद्यालयमा १२ शौचालय र दुई खानेपानीका धारा भए पनि त्यसलाई व्यवस्थित भने विद्यालयले गर्न सकेको छैन । विद्यालयमा प्रावि तहका चार र एक निमावि तह गरी पाँच शिक्षक स्थायी रहेका छन् । राहत कोटामा कार्यरत शिक्षकको सङ्ख्या ६ रहेको छ । त्यसमध्ये प्राविमा एक, निमाविमा दुई र माविमा तीनजना कार्यरत रहेका छन् । कक्षा ११ र १२ का लागि भने शिक्षक दरबन्दी नहुँदा निजी शिक्षक राखेर पठनपाठनको कार्य हुँदै आएको छ । वडाध्यक्ष शेरबहादुर साउदले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि दुई भवन निर्माणका क्रममा रहेको बताए । -रासस

१२ कक्षासम्म निःशुल्क कहींकतै

शिक्षा प्राप्त गर्ने बालबालिकाको नैसर्गिक अधिकारलाई प्रभावकारी बनाउन बाह्रबिसे नगरपालिकाले कक्षा १२ सम्मको पढाइलाई निःशुल्क बनाएको छ । नगरक्षेत्रका सामुदायिक विद्यालयभर दिवा खाजा, परीक्षा शुल्क र विज्ञान संकायको प्रयोगशालालगायतमा लाग्ने अतिरिक्त खर्च बेहार्ने नगरले घोषणा गरेको हो ।