शिक्षा प्राप्त गर्ने बालबालिकाको नैसर्गिक अधिकारलाई प्रभावकारी बनाउन बाह्रबिसे नगरपालिकाले कक्षा १२ सम्मको पढाइलाई निःशुल्क बनाएको छ । नगरक्षेत्रका सामुदायिक विद्यालयभर दिवा खाजा, परीक्षा शुल्क र विज्ञान संकायको प्रयोगशालालगायतमा लाग्ने अतिरिक्त खर्च बेहार्ने नगरले घोषणा गरेको हो ।