कारागारभित्रैबाट लागुऔषधको कारोबार हुने गरेको तथ्य नेपाल प्रहरीले पत्ता लगाएको छ । विभिन्न क्षेत्रबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिसँगको अनुसन्धानका क्रममा उक्त तथ्य खुलेको हो । लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार सिन्धुली कारागारमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ताले त्यहाँका टेलिफोन नाइके सन्तोष स्याङ्तानलाई आर्थिक प्रलोभनमा पारी कारागारभित्रैबाट लागुऔषध …