यस्तो देखियो माइतीघरमा मिटर ब्याजविरुद्ध किसान-मजदुर संघर्ष समितिको प्रदर्शन

काठमाडौं : मिटर ब्याज तथा ठगीविरुद्ध किसानहरुले प्रदर्शन गरेका छन्। मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले आज माइतीघरमा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले देशैभरका मिटर ब्याज, दृष्टिबन्धक र छिनुवा पासबाट पीडित जनताको उद्धारका लागि सरकारले अधिकार सम्पन्न उच्चस्तरिय समिति गठन गर्नुपर्ने माग गरेका छन्। प्रदर्शनकारीहरुले ‘दृष्टि बन्धक खारेज गर’,…

सम्बन्धित सामग्री

मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका अध्यक्षसहित १६ जना पक्राउ

प्रहरीले मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुश्वाहासहित १६ जनालाई बालुवाटार क्षेत्रबाट पक्राउ गरेको छ ।

सहमतिपछि मिटर ब्याज तथा ठगीविरुद्धको आन्दोलन स्थगित

सरकारसँग ५ बुँदे सहमतिपछि मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।काठमाडौंको माइतीघरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारसँग माग पूरा गर्ने सहमति भएकोले तत्काललाई आन्दोलन स्थगित गरिएको संघर्ष समिति अध्यक्ष राम सुरत गुप्ताले जानकारी गराए । गृह मन्त्रालय र संघर्ष समितिबीच शनिबार बिहान ५ बुँदे सहमति भएको थियो ।

मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं : मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले तोकिएको समयसीमाभित्रै मिटरब्याजी अपराध नियन्त्रणका उपाय सहितको प्रतिवेदन बुझाएको छ। कार्यदलका संयोजक डा.भीष्मकुमार भुसालले सोमबार गृहमन्त्री खाणसमक्ष प्रतिवेदन पेश गरेका हुन्। कार्यदलले नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट आई काठमाडौं माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको ‘मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ सँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अध

मिटर ब्याज लगाउने लघुवित्त खारेजीका लागि आन्दोलन गर्ने चेतावनी

लघु वित्त तथा वित्तीय संस्थाहरु खारेजीको माग राख्दै २५ असोजमा लाखौं पीडितले सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । सोमबार ‘लघु वित्त तथा वित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ ले पत्रकार सम्मेलन गरेर पीडितहरुको न्याय र लघु वित्त तथा वित्तीय संस्थाहरु खारेज नगरे आन्दोलन चर्कने चेतावनी दिएका हुन् ।संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले कैलालीकी रेश्मा चौधरीलगायतका हजारौंलाई आत्महत्या […]

मिटर ब्याज लगाएर समाज बिथोल्ने लघुवित्त खारेजीको लागि सिंहदरबार घेर्छौँ : पीडित

लघुवित्तिय संस्थाहरुलाई खारेजीको माग राख्दै आउँदो असोज २५ गते पीडितहरुले राजधानीको सिंहदरबार घेर्ने घोषणा गरेका छन् । सोमबार ‘लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समिति’ले काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पीडितहरूको न्याय र लघुवित्तिय संस्थाहरु खारेज नगरे आन्दोलन चर्कने उद्घोष समेत गरेका हुन् । संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले कैलालीकी रेश्मा चौधरी लगायतका हजारौंलाई आत्महत्या र लाखौंलाई घरबार विहिन हुन बाध्य पार्ने अमानवीय लघुवित्तिय संस्थाहरु नेपाली समा