काठमाडौं : डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय निर्माण गर्ने उद्देश्यले साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ। ‘स्कुल फर स्पेसल’ नाम दिइएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्न लागिएको हो। परियोजनाअन्तर्गत डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि विशेष सहयोग गर्ने संस्थाका लालचन्द्र गौतमले जानकारी दिए। डाउन सिन्ड्रोम तथा अटिजम प्रति ज