संघीय सरकारले पटकपटक वितरणको तयारी गरेको कृषक परिचय पत्र हालसम्म कार्यान्वयनमा आउन सकेको अवस्थामा बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानको वर्गीकरण गरेर परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।संघीय सरकारले आर्थिक वर्ष २०७१/०७२ बाट किसान परिचयपत्र वितरणको योजना ल्याएको थियो । देशका ७० जिल्लामा बाँड्ने योजनाका साथ ल्याइएको उक्त योजना कार्यान्वयनमा आउन सकेन ।किसानलाई दिइने अनुदान गैरकिसानले दुरुपयोग गरेको गुनासो आएपछि सरकारले किसान परिचयपत्र वितरणको योजना अघि सारेको थियो । परिचयपत्