सुरेल बस्तीमा होम स्टे

दोलखा-लोपोन्मुख जातिका रूपमा सूचीकृत सुरेल बस्तीमा होम स्टे सञ्चालन भएको छ ।गौरीशंकर गाउँपालिका–५ सुरीमा मुख्य बसोबास रहेको सुरेल जाति दोलखामा मात्र छन् । छुट्टै पहिचान र संस्कार रहेको सुरेल बस्तीमा अहिले घरबास ‘होम स्टे’ सञ्चालनका लागि तालिमसहित आवश्यक सामग्री जुटाएर होम स्टे सुरु भएको हो । उत्तरी क्षेत्रको पर्यटन प्रवद्र्धनलाई लक्षित गरी घरबास सञ्चालनको तयारीमा […]

सम्बन्धित सामग्री

चेपाङ गाउँमा खुल्यो होम-स्टे

चितवनको दुर्गम पहाडी चेपाङ गाउँमा घरबास (होमस्टे) सञ्चालनमा आएको छ । विदेशी पर्यटकहरुलाई लक्षित गरी सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने चेपाङ बस्तीमा घरबास सञ्चालन गरिएको हो ।

भाेट हालेर छानिन्छन् 'भलमन्सा’

धनगढी उपमहानगरपालिकास्थित भादा गाउँका ३३ वर्षीय सन्तबहादुर चौधरीले गाउँको थारु समुदायमा ‘भलमन्सा’ को जिम्मेवारीमा रहेर काम गरेको ११ वर्ष पुगेको छ । एघार वर्षअघि थारु समुदायले आफ्नै शैलीमा गरेको मतदानको प्रक्रियाबाट उहाँले आफ्ना प्रतिस्पर्धी तीन जनालाई ५७ मतले पराजित गर्दै भलमन्सा पदमा विजयी हुनुभएको थियो । निर्वाचित भएपछि वर्षेनी गरेको कामको मूल्याङ्कनका आधारमा गाउँवासीले उहाँलाई भलमन्साको जिम्मेवारी दिँदै आएका छन् । भादा गाउँ थारु समुदायको नमूनाको गाउँ पनि हो । शतप्रतिशत घरधुरी थारु समुदाय रहेको यो गाउँमा भादा होम स्टे (भादा गाउँ घरवास कार्यक्रम) सञ्चालन हुँदै आएकामा पछिल्लो पटक कोरोनाको कहरका कारण यो कार्यक्रम भने प्रभावित भइरहेको छ । “यस वर्ष पनि भलमन्सा छनौटका बारेमा भेला गर्ने तयारी भइरहेको छ”, पदको जिम्मेवारी बहन गरेबापत् पारिश्रमिकको रुपमा खाद्यान्न पाइरहेका उहाँले भन्नुभयो, “गाउँवासीको भेलाले गर्ने निर्णय आफूले मान्नै पर्ने हुन्छ ।” घरमा भाइहरुबीच अंशबण्डा हुँदा बढेको घरायसी जिम्मेवारीका कारण कैलालीको हसुलिया गाउँका भलमन्सा रामबहादुर चौधरीले तीन वर्षअघि नै गाउँको भलमन्साको जिम्मेवारी छोड्नुभएको थियो । हाल भलमन्साको जिम्मेवारीमा रहनुभएका भोला चौधरी पुनः उक्त पदमा बस्ने नबस्ने टुङ्गो माघ ३ गते हुने भेलावाट लाग्ने उहाँ बताउनु हुन्छ । पदमा बसेर काम गर्न नसक्नेलाई भने पदमुक्त गरेर अर्को व्यक्तिलाई भलमन्साको जिम्मेवारी दिइने गरिन्छ । कतिपयले स्वेच्छाले पनि यो जिम्मेवारीबाट अलग हुने गर्छन् । थारु समुदायमा मुख्य व्यक्तिको रुपमा रहने भलमन्सालाई सकभर सर्वसम्मतिले र त्यसो हुन नसके निर्वाचन प्रक्रिया अथवा गोला (चिट्ठा) प्रक्रिया अपनाएर प्रजातान्त्रिक ढङ्गले छनौट गर्ने गरिन्छ । माघ महिना शुरु हुन लागेसँगै यतिवेला कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने चौधरी थारु समुदायमा ‘माघी’ अर्थात् माघे सङ्क्रान्ति पर्वको रौनक देखिँदा गाउँको मुख्य व्यक्ति ‘भलमन्सा’ को पदमा कस्तो व्यक्तिलाई छनौट गर्ने भन्ने विषयले प्राथमिकता पाउन थालेको छ । कोरोनाको जोखिम हुनसक्ने भन्दै कतिपय बस्तीमा यस्तो भेला गर्न भने केही असहज भइरहेको बताइएको छ ।

पाहुनाविहीन बन्यो धिमाल होम स्टे

दमक (झापा) : दमक नगरपालिका-३ मा दोघरे नामको धिमाल बस्ती छ। यही बस्तीमा पर्यटन वर्ष २०११ का बेला धिमाल होमस्टे सुरू गरिएको थियो। त्यसबेला यसलाई 'धिमाल होमस्टे' नामाकरण गरिएको थियो। दमक नगरपालिकाको नगरसभाले धिमाल समुदायलाई दमकको पहिलो नागरिक घोषणा गरे। यससँगै होम स्टेको नाम पनि फेरेर '...