म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित मौरिस हर्जोग पदमार्गमा पर्ने मनसुन झरना र नजिकै रहेको काठे झोलुङ्गे पुल तर्दै गरेका पदयात्री । मनसुन झरना अन्नपूर्ण प्रथम आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको आकर्षण हो ।
मनसुन सुरु भएपछि उत्तर भारतमा बाढी, झरना, पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण १० हजारदेखि १५ हजार करोड रुपैयाँको आर्थिक नोक्सान भएको छ । यो अनुमान भारतीय स्टेट बैंकको अनुसन्धान शाखाको हो। यद्यपि, यो अनुमानले गुजरातमा चक्रवात विपरजोय वा असममा व्यापक बाढीले गरेको क्षतिलाई समावेश गर्दैन् । असममा बाढीका कारण लाखौं मानिस प्रभावित भएका छन् । पछिल्लो […]
यात्रामा जोखिम नभए त्यसको मिठास नै हुदैँन जस्तो लाग्छ । यात्रामा मलाई भौतिक वस्तुभन्दा प्राकृतिक कुराले बढी तान्छ ।
मनसुन सुरु भइसकेपनि गत साता ट्रेकिङको योजना बन्यो । गन्तव्य तय भयो– च्छोरोल्पा हिमताल । सहयात्री बने लाक्पा छिरी शेर्पा दाइ र फिन्जु शेर्पा भाइ । माथिल्लो तामाकोशीको किनारैकिनार अनगिन्ती झरना, खहरे खोलाहरु पार गर्दै काठमाडौंबाट हिँडेको ३ दिनमा च्छो रोल्पा हिमताल पुगियो ।