मनसुन भन्नेबित्तिकै हाम्रो मानसपटलमा घुम्छ– झरी परिरहेको दिन, धान रोप्दै गरेका रोपहार, हरिया डाँडा, डाँडामाथिबाट झर्दै गरेका झरना । मनसुनका तिनै विम्ब क्यानभासमा उतार्दा कस्तो देखिँदो हो ?मनसुनलाई पेन्टिङमा प्रस्तुत गरिएको प्रदर्शनी यतिखेर पोखरामा चलिरहेको छ ।