काठमाडौँ – काठमाडौँ गणपुरक संख्या नपुग्दा प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ पारित गर्ने क्रममा नेमकिपाका सांसद प्रेम सुवालले गणपुरक संख्या माग गरेका थिए। तीन मिनेट घण्टी बजाएर सांसद संख्या गन्दा ६९ जना हुनुपर्नेमा ६७ जना मात्रै सांसद उपस्थित भएको पाइएपछि सभाममुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्। […]