राष्ट्र बैंकले माग्यो नेपाली र अङ्ग्रेजी भाषा सम्पादक

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले भाषा सम्पादक माग गरेको छ । नेपाल राष्ट्र बैंक प्रकाशन निर्देशिकाअनुसार भाषाविद् (सम्पादक) हरूको सूची तयार गर्ने प्रयोजनका लागि बैंकले दरखास्त माग गरेको हो । इच्छुकले भदौको १० गतेसम्म दरखास्त दिन सक्नेछन् । नेपाली भाषाविद्का लागि नेपाली भाषा मुख्य विषय लिइ कम्तीमा स्नातकोत्तर वा स्नातकोत्तरभन्दा धेरैको शैक्षिक योग्यता भइ एक वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । विद्यावारिधि उपाधि हासिल गरेको, अर्थशास्त्र, बैंकिङ तथा व्यवस्थापन विषयमा स्नातक गरेको र भाषा विज्ञको रूपमा काम गरेक...

सम्बन्धित सामग्री

भाषाविदको खोजीमा राष्ट्र बैंक, के के चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले भाषाविद (सम्पादक) हरुलाई सुचिकृत हुन आउँन आग्रह गरेको छ। राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक प्रकाशन निर्देशिका, २०७९ बमोजिम भाषाविद (सम्पादक) हरुको सूची तयार गर्न लागेको हो ।राष्ट्र बैंकले योग्य तथा इच्छुकहरुलाई भदौ १० भित्र publication@nrb.org.np मा ईमेल पठाउनु  अनुरोध गरेको छ। राष्ट्र बैंकले नेपाली भाषाविदको लागि नेपाली भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पाँच वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको हुनु पर्ने उल्लेख गरेको छ । त्यस्तै अंग्रेजी भाषाविदको लागि अंग्रेजी भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पाँच वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको हुनु पर्ने उल्लेख गरेको छ ।राष्ट बैंकले नेपाली भाषाविदको लागि नेपाली विषयमा विद्यावारिधि उपाधि हासिल गरेको र अंग्रेजी भाषाविदको लागि अंग्रेजी विषयमा विद्यावारिधि उपाधि हासिल गरेकोलाई प्राथमिकता दिने जनाएको छ । त्यस्तै अर्थशास्त्र, बैकिङ्ग, वित्त वा व्यवस्थापन विषयमा स्नातक उपाधि हासिल गरेको र सम्बन्धित भाषा विज्ञ (सम्पादन) को रुपमा कार्य गरेकोलाई प्राथमिकता दिने राष्ट्र बैंकले उल्लेख गरेको छ।

बैदेशिक अध्ययनको नाममा ७ महिनामा बाहिरियो २२ अर्ब, रेमिट्यान्समा 'शुन्य' योगदान

बैदेशिक अध्ययनको नाममा ७ महिनामा २२ अर्ब रुपैयाँ बाहिरिएको छ। बैदेशिक अध्ययनको नाममा चालु आर्थिक बर्षको ७ महिनामा मात्रै २२ अर्ब बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। आर्थिक बर्ष २०७७-०७८ मा बैदेशिक अध्ययनको नाममा २४ अर्ब ९६ करोड बाहिरिएको थियो भने अघिल्लो आर्थिक बर्ष २५ अर्ब ८१ करोड नेपालबाट बाहिरिएको थियो। तर यस आर्थिक बर्षको पहिलो ७ महिनामा नै २२ अर्ब बाहिरिएको हो। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनामा शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ५ अर्ब ६७ करोड रुपैयाँ थियो ।अष्ट्रेलियाको लागि बढी पैसा बाहिरियो पछिल्लो तीन महिनामा मात्रै विदेश अध्ययनको लागि ३५ हजारभन्दा बढी अनुमती पत्र (एनओसी) जारी भएको छ। सामान्यतया एउटा 'कोर्ष' को लागि एउटा मात्र एनओसी जारी हुने भएकाले केहिले दुई भन्दा बढी पनि एनओंसी लिने शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा प्रमुख हरिप्रसाद निरौलाले जानकारी दिए। शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा केशरमहलले दिएको जानकारी अनुसार ३५ हजार ७५४ जनाले उच्च शिक्षा अध्ययनका लागि एनओसी लिएका छन्।सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म विभिन्न देशमा विद्यावारिधि तथा एमफिलका लागि ५८ जना, स्नातकोत्तर तहको लागि ३ हजार ४४१ जना र स्नातक तह (ब्याचलर) अध्ययनका लागि ६ हजार ९४ जनाले अध्ययन अनुमति पत्र लगेका छन् ।त्यस्तैगरी डिप्लोमा ८ हजार ६१०, भाषा पढ्न जानेहरु (कुनै देशहरुमा भाषिक कोर्ष पुरा गरेपछि मात्रै शैक्षिक कोर्ष पढ्ने पाउने व्यवस्था भएका देशहरुमा जाने) ६ हजार ६०४ छन् भने विभिन्न विषयहरु अध्ययन गर्न जानेहरु १० हजार ९४७ जना छन्।वैदेशिक अध्ययनका लागि जानेहरु मध्ये सबैभन्दा बढी अष्ट्रेलिया गएका छन्। २३ हजार ७६९ जना अस्ट्रेलिया, जापान ६ हजार ४८९, क्यानडा १ हजार ३८३, युके ६११, भारत १ हजार ३४८, युएसए ३७४ दक्षिण कोरिया ४४०, थाइल्यान्ड ६२ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन्।एनओसीमा कोभिडको चापकोभिडका कारण केहि समय बैदेशिक अध्ययन तथा यससंग जोडिएका गतिबिधि ठप्प भएकाले त्यसको चाप अहिले परेको शाखा प्रमुख हरि प्रसाद निरौलाको भनाइ छ। गत साल वर्ष भरिमा विभिन्न देशहरुका लागि ४५ हजार ६२५ जनाले वैदेशिक रोजगारी अध्ययनपत्र लिएका थिए। कोभिड सामान्य हुने बित्तिकैका दिनमा एनओसी लिनेको संख्या दैनिक १ हजारदेखि १२ सय पुगेको थियो तर अहिले दैनिक ६-७ सय जनाले एनओसीको लागि आवेदन दिइरहेको शाखा प्रमुख निरौलाले बताए ।गत वर्ष २०२० अगष्ट २८ देखि अनलाइन माध्यमबाट एनओसी दिन शुरु गरेको थियो । त्यसयता २०२२ मार्च ३१ सम्म ९४ हजार २७९ जना वैदेशिक अध्ययनका लागि विदेसिएका छन् । त्यसमध्ये सबैभन्दा बढी अष्ट्रेलिया ३५ हजार ७५ जना गएका छन् । त्यसपछि क्रमशः जापान, क्यानडा, युके, अमेरिका लगायतका देशहरु गएका छन्।बर्षमा खर्ब बाहिरियो तर भित्रिएन सोचेजस्तो रेमिट्यान्स गत वर्ष २०२० अगष्ट २८ देखि २०२२ मार्च ३१ सम्म बैदेशिक अध्ययनको लागि जानेको संख्यालाई आधार मान्दा बैदेशिक अध्ययनको लागि बर्ष भरिमा कम्तिमा पनि ५० हजार नेपाली बाहिरिएका छन्। अष्ट्रेलिया, जापान जस्ता देशहरुमा जान एक जना व्यक्तिले औशतमा पहिलो किस्ता अर्थात जान अगाडीको  (कलेज वा युनिभर्सिटी फी सहित) करिब १५ लाख नेपाली रुपैयाँ तिर्ने गर्दछन्। ५० हजारले प्रति व्यक्ति १५ लाख तिर्दा झन्डै ७५ अर्ब रुपैयाँ बर्षमा बैदेशिक अध्ययनको नाममा बाहिरिएको तथ्यांकले देखाउंछ। त्यसमा पनि केहि बिद्यार्थीले दोस्रो किस्ता पनि नेपालबाटै तिर्ने गर्दछन। यो शुल्क समेत जोड्ने हो भने झन्डै १ खर्ब रुपैयाँ बैदेशिक अध्ययनको नाममा विदेश बाहिरिएको देखिन्छ।बैदेशिक अध्ययनको लागि बाहिरिएको पैसालाई अन्यथा लिन नमिल्ने राष्ट्र बैंकको बुझाई छ। यसरी बर्षमा खर्ब बाहिरीएपनि बैदेशिक अध्ययनबाट नेपालमा सिप र रेमिट्यान्स दुवै भित्रिने राष्ट्र बैंकको बुझाई छ। तर तथ्यांक र व्यवहारले भने त्यस्तो देखाउदैन। बैदेशिक अध्ययनको नाममा बर्ष भरिमा खर्ब रुपैयाँ बाहिरीएपनि अध्ययनको रोजाईमा परेका देशबाट नेपाल भित्रिने रेमिट्यान्स भने न्यून छ।नेपालमा बढी रेमिट्यान्स भित्रिने देशमा कतार पहिलो स्थानमा रहेको छ भने दोस्रोमा साउदी रहेको छ। त्यस्तै तेस्रोमा दुबई, चौथोमा मलेसिया र पाँचौमा अमेरिका र छैटौंमा जापान रहेको छ। सातौँ आठौँ र नवौं र दशौँमा क्रमश दक्षिण कोरिया, कुवेत, बहाराइन र बेलायत हुन्। बैदेशिक अध्ययनको नाममा बर्षेनी करोडौं रुपैयाँ बाहिरीएपनि यी देशहरुबाट आउने रेमिट्यान्स भने न्यून रहेको छ। बैदेशिक अध्ययनमा सबै भन्दा बढी अष्ट्रेलिया गएको देखिन्छ तर रेमिट्यान्स बढी आउने देशको उत्कृष्ट दशको सुचिमा भने अटाउन सकेको छैन।

एटिएममा चिनियाँ भाषाको प्रयोग पनि लुटिनुको एक कारण :: Pahilopost.com

काठमाडौं : चिनियाँले एटिएमबाट मच्चाएको 'लुट'को अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकले गठन गरेको टोलीले एटिएममा प्रयोग भएको चिनियाँ भाषालाई पनि कारण देखाएको छ। नेपाली र अंग्रेजी भाषाको मात्र प्रयोग गर्दै आएका बैंकहरुले पछिल्लो समय एटिएममा चिनियाँ भाषा पनि प्रयोगमा ल्याएका छन्। नेपालमा लुट्न आएकाहरु नेपाली र अंग्रेजी दुवै भाषा नबुझ्ने