सुन तस्करीको आशंकाः सुरक्षा जाँचमा कडाइ

काठमाडौं, मंसिर १४ । सुन तस्करीको आशंकामा विदेशबाट फर्किएकाहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । दुबई, कतार र मलेशियाबाट नेपाल आएका यात्रुहरूलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गर्न थालेको हो । चेकजाँचमा कडाइ गर्न थालेपछि विमानस्थलमा सोमवारदेखि भीड बढेको छ । विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईका अनुसार विदेशबाट फर्किएका […]

सम्बन्धित सामग्री

सुन तस्करीको नयाँ शैली: स्थलमार्ग र बटुवा प्रयोग

काठमाडौं । राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् । गालिएका सुन सबै शतप्रतिशत शुद्ध सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्कर अन्य उपायमा लागेका हुन् । विमानस्थलको भन्सार विभागमा कार्यरत कर्मचारी नै पक्राउ परेपछि तस्करको चेन पनि भत्किएको छ । मिलेमतोमा […] The post सुन तस्करीको नयाँ शैली: स्थलमार्ग र बटुवा प्रयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारी शैली र हुन्डी कारोबार

सरसर्ती हेर्दा नेपालमा हुन्डी कारोबार गर्न पाइँदैन । तर, कानूनी रूपले वर्जित गरेको यही हुन्डी कारोबारलाई बढावा दिन सरकारी शैली नै कारण बनिरहेको छ । सरकारले वैध च्यानलमा विभिन्न अवरोध खडा गरेपछि व्यवसायीले गलत बाटो रोजेको देखिन्छ । जसलाई रोक्न व्यवसायीले आवाज उठाउँदै आए पनि सरकारले बेवास्ता गरिरहेको छ । सरकारको यस्तो मौनताका कारण अनेक आशंका भने उठ्दै आएका छन् । अवैध बाटोलाई मलजल गर्ने नीतिलाई निरन्तरता दिने सरकार कसैगरी पनि सही हुन सक्दैन । व्यवसायीको समस्यालाई सम्बोधन गर्दा नै वैदेशिक व्यापार सहज हुन्छ र सरकारले पनि राजस्व प्राप्त गर्न सक्छ ।  नेपालको भन्सार भ्रष्टाचारको अखडा मानिन्छ । त्यसैले यिनलाई नियमन र नियन्त्रण गर्ने सरकारले विभिन्न तरीका अपनाएको छ । भन्सार जाँचपास र सीमाव्यापार सहजीकरणका लागि विश्व व्यापार संगठनले विकास गरेको आसिकुडा वल्र्ड प्रणाली नेपालका भन्सार कार्यालयहरूमा लागू गरिएको छ । हातैले काम गर्दा राजस्व छलीको सम्भावना बढी भएको, सामानको यथार्थ मूल्यांकन नहुने तथा भन्सार जाँचपासमा बढी समय लाग्ने गरेको थियो । आसिकुडा वल्र्ड प्रणाली लागू भएपछि यी समस्याको आंशिक समाधान भएको छ । तर, यसमा भएका छिद्र प्रयोग गरेर कर्मचारीले अवैध लाभ लिने गरेको पनि पाइन्छ । व्यापारीले न्यून बीजक देखाई भन्सार छलेको आशंका सरकारलाई छ । त्यसैले उसले आयात हुने सामानको प्रचलित मूल्य अर्थात् व्यापारीले तिरेको मूल्यलाई आधार नमानी सन्दर्भ मूल्यलाई मान्यता दिने गरेको छ । यसो गर्दा विश्व बजारमा सामानको मूल्यमा आउने उतारचढावका कारण व्यवसायीलाई तनाब हुने गरेको छ । विश्वबजारमा सस्तो सामान ल्याउँदा वा महँगोमा ल्याउँदा सन्दर्भ मूल्यभन्दा फरक परे व्यापारीमाथि कारबाही हुने गरेको छ । एउटै एचएस कोड भएका सामानको पनि गुणस्तर र मूल्यमा आनको तान फरक हुन्छ । त्यसैले भन्सारले सस्तो मूल्य कायम गरिदिँदा उनीहरूले बढी मूल्य तिर्नुपरिरहेको हुन्छ । भन्सारले तोकको मूल्यअनुसार उनीहरूले सटही सुविधा पाउँछन् । यस्तोमा नपुग पैसा हुन्डीमार्फत पठाउनुपर्ने बाध्यता सृजना भएको पाइन्छ । त्यसैले आयातित वस्तुको मूल्य निर्धारणमा अन्तरराष्ट्रिय अभ्यास जे छ त्यसैलाई पछ्याउन आवश्यक छ । अहिले विश्वभरि नै भन्सार मूल्यका लागि सन्दर्भ मूल्यलाई आधार मान्न छाडिएको छ भन्दा हुन्छ । तर, नेपालमा भने अझै यसै आधारमा भन्सार शुल्क लिने गरिएको छ ।  भन्सार कार्यालयमा हुने धेरै खालको विकृति रोक्न आधुनिकतम प्रविधिको प्रयोग भइरहेको हुँदा यसमा व्यापारीले भन्सार छल्न सक्ने सम्भावना ज्यादै कम हुन्छ । तर, कर्मचारीको मिलोमतो भएमा जस्तो सामान पनि पास हुने रहेछ भन्ने सुन तस्करी काण्डले देखाएको छ । अर्को, भन्सारविन्दुमा राम्ररी चेकजाँच भएको सामान त्यहाँबाट अन्यत्र ढुवानी गर्न लैजाँदा राजस्व अनुसन्धान विभागले बीच बाटोमा रोकेर सामान जाँच्ने गरेको छ । यसरी बीचमा सामान जाँच्नुलाई अन्यथा भनिहाल्न त मिल्दैन तर सामान्य आशंकाको भरमा वा व्यापारीलाई दु:ख दिने र केही पैसा झार्ने निहुँमा पनि यस्तो काम भइरहेको पाइन्छ । भन्सार विन्दुबाट अवैध तरीकाले सामान भित्रिएको छ भने त्यसमा व्यापारीको मात्रै गल्ती होइन, त्यहाँको ड्युटी अफिसरको पनि गल्ती हो । उदाहरणका लागि अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी काण्डलाई लिन सकिन्छ । त्यहाँ अवैध तरीकाले सुन भित्त्याउने मात्र होइन, ती सामान पास गर्ने कर्मचारीलाई पनि अनुसन्धानका लागि थुनामा राखिएको छ ।  त्यसैले भन्सार कार्यालयमा हुने धेरै खालको विकृति रोक्न आधुनिकतम प्रविधिको प्रयोग भइरहेको हुँदा यसमा व्यापारीले भन्सार छल्न सक्ने सम्भावना ज्यादै कम हुन्छ । तर, कर्मचारीको मिलोमतो भएमा जस्तो सामान पनि पास हुने रहेछ भन्ने सुन तस्करी काण्डले देखाएको छ । व्यापारीलाई व्यापार गर्न सहज बनाउँदा वैध व्यापार फस्टाउँछ । तर, उनीहरूलाई जति कडाइ गरिन्छ त्यति नै चोरबाटोबाट सामान भित्रिन्छ । त्यसैले सहज र आधुनिक प्रणालीलाई व्यावहारिक बनाएर वैदेशिक व्यापारलाई सहज गरिनुपर्छ र भन्सारछली पनि रोक्नु आवश्यक छ । त्यसका लागि अन्य विकल्प पनि छन् । त्यो विकल्पमा लाग्न अब ढिला गर्नु हुँदैन ।

झिटीगुन्टा सुनमा कडाइ गरेका विमानस्थल भन्सार प्रमुख भट्टराई विभाग तानिए

८ भदौ, काठमाडौं । अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकबाट महेश भट्टराईलाई हटाएको छ । भट्टराईले झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै सुन तस्करी गर्नेलाई कडाइ गरेका थिए । विमानस्थल भन्सार प्रशासकको रुपमा १० महिना काम गरेको भट्टराईले यात्रुहरुले बोकेका ५ सय किलो (४ अर्ब हाराहारी मूल्य) सुुनलाई राजस्वको दायरामा ल्याएका थिए । विदेश […]

सुन तस्करको नयाँ तरिका :  अनेक प्रलोभन देखाएर यात्रुलाई बोकाइन्छ सुन

काठमाडौं :  केही दिन अगाडि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले विदेशबाट आउने यात्रुलाई विभिन्न प्रलोभनमा पारी सुन बोकाएर पठाएको सूचना पायो।सोही सूचनाका आधारमा कार्यालयले सोमबार गएको बिहान विदेशबाट आएका यात्रुको जाँचमा कडाइ गर्‍यो। दुबई, कतार र मलेसियाबाट आएका यात्रुको चेक गर्दा अस्वाभाविक मात्रामा सुन फेला परेको थियो।ती मुलुकबाट आएका यात्रुलाई भरिया बनाएर सुन तस्करी गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिए।सोमबारदे

सुन तस्करीमा अर्को जुक्ति : जिव्रो मुनि आधा किलो सुन! :: Pahilopost.com

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था केही कडाइ भएपछि सुन तस्करीहरुले नयाँ नयाँ शैलीमा तस्करी गर्न थालेका छन्। बुधवारमात्र प्रहरीले सुन तस्करी गर्ने तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लियो। पक्राउ पर्नेहरुमा फैजन खान, मोहमद खासिफ र नाम नखुलेका अर्का एक जना रहेको प्रहरीले जनाएको छ। उनीहरु एयर अरबियाको

विमानस्थलमा रोकिएन सुन तस्करी, ६ दिनमा ३ किलो बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी रोकिएको छैन। प्रहरीले विमानस्थलमा कडाइ गरेपछि तस्करहरूले सुन तस्करी गर्ने उपायसमेत बदलेका छन्। सुरूमा विमानस्थलमा भन्सार कर्मचारी र प्रहरीकै मिलोमतोमा सुन आउने गरेको थियो। धेरै पटक यसरी तस्करी ल्याउने सुनमा कर्मचारी र प्रहरीकै मिलेमतो सार्वजनिक भएपछि तस्करले एअरलाईन्सको कर्मचारीकै मिलोमतोमा सुन भित्र्याउन थाले। त्यसरीनै भित्र्याएको ३३ किलो सुन…