दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायिक माहुरीपालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइअन्तर्गत घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागु गरिएको छ […]