नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ समूह विभाजन गरिएको छ । पार्टी मुख्यालय ललितपुर च्यासलमा शुक्रबारदेखि सुरु बैठकमा ओलीले नागरिकता, गठबन्धन सरकार, स्थानीय तह चुनावदेखि मंसिरको संघ र प्रदेशको चुनावी तयारीसम्मका विषय समेटिएको प्रतिवेदन पेस गरेका छन् । सात वटा प्रदेश, जनवर्गीय संगठन र प्रवासको छुट्टाछुट्टै टोली निर्माण गरिएको छ ।