राष्ट्रियसभा निर्वाचन माघ ७ देखि ११ गतेभित्र हुने

राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले आजै सरकारलाई परामर्श पेश गर्न लागेको राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिनुभयो । निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सदस्यको आगामी फानुन २० गतेबाट पदावधि सकिँदैछ । तीमध्ये १८ जनाको निर्वाचनका माध्यमबाट चयन हुनेछ भने एक सदस्यको सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था छ । पदावधि सकिनु ३५ दिनअघि नै सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यक्रम पूरा गर्नुपर्छ भन्ने कानूनी व्यवस्था छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, “निर्वाचनका लागि कम्तीमा पनि ३५/४० दिन तयारीका लागि समय लाग्ने हुँदा सरकारलाई त्यही अनुसारले माघको ७ देखि ११ गतेभित्र निर्वाचनका लागि मिति घोषणा गर्न परामर्श दिन लागेका हौँ, आयोगमा दर्ता भएका कुनै पनि दललाई सानो वा ठूलो भनेर हेरिएको अवस्था छैन, सबैप्रति समान व्यवहार गर्न/गराउन प्रतिबद्ध छौँ ।” यो निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्यबाट सात जनाको चयन हुनेछ । निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचन मण्डल रहनेछ । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपनिर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि सरकार र नेकपाका तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका युवानेता सुरेन्द्रराज पाण्डेले नतिजाको पूर्वानुमान गर्न सकिने राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सहयोगको वचन दिनुभयो । आयोगका अनुसार आगामी निर्वाचनमा प्रदेश नं १ मा महिला एक, दलित एक र अन्य एक गरी तीन, प्रदेश नं २ मा महिला एक, दलित एक, अल्पसङ्ख्यक एक र अन्य एक गरी चार, प्रदेश नं ३ मा महिला एक र अन्य एकजना गरी दुई पदका लागि निर्वाचन हुनेछ । त्यस्तै गण्डकी प्रदेशमा महिला एक र अन्य एक गरी दुई तथा प्रदेश नं ५ मा महिला एक, अल्पसङ्ख्यक एक र अन्य एक गरी तीन, कर्णाली प्रदेशमा महिला एक, अन्य एक गरी दुई र सुदूरपश्चिम प्रदेशमा महिला एक र अन्य एक गरी दुई पदका लागि आयोगबाट निर्वाचतको तयारी गरिएको छ । स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुनेछ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुनेछ । पहिलो पटक गोला प्रथाद्वारा १९ जनाको २ वर्ष, २० जनाको ४ र बाँकी २० जनाको वर्ष कार्यकाल ६ वर्ष कायम गरिएको थियो । राष्ट्रियसभाको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगमा उक्त प्रयोजनाका लागि दल दर्ता गराउनु पर्नेछ । राष्ट्रिय जनता पार्टी (राजपा)का महासचिव केशव झाले उम्मेदवार मनोनयन र मतदानबीचको अवधि फराकिलो राख्न सुझाव दिनुभयो । उक्त छलफलमा समाजवादी पार्टी, नेपाली जनता दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका दलका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले राजनीतिक दल नै निर्वाचनको प्रमुख सरोकार पक्ष रहेको बताउँदै निर्वाचन मण्डलबारे जानकारी गराउनुभयो ।

सम्बन्धित सामग्री

आयोगले राष्ट्रपतिसमक्ष बुझायो राष्ट्रियसभा निर्वाचन प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन पेस गरेको छ। आइतबार  आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति भवनमा पुगेर राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन, २०५० को निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।रिक्त रहेका १९ सिटका लागि माघ ११ गते सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा नेकपा एसकी राई विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी छिन् । तीन मत भने बदर भएको निर्वाचन अधिकृत लम्सालले बताए ।

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा ६ जनाले हालेनन् भोट

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज (बुधबार) भएको मतदानमा मधेस प्रदेशमा ९८ प्रतिशत मत खसेको छ । सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन् । राष्ट्रियसभा निर्वाचन मधेस प्रदेशका प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको छ । प्रदेशसभा सदस्यतर्फ २ जना […]

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा शान्तिपूर्ण तरिकाले मतदान जारी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनीमा शान्तिपूर्ण तरिकाले मतदान  सुरु भएको छ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी छ ।  बिहान ९ बजेदेखि सुरु भएको मतदान कार्य दिउँसो ३ बजेसम्म...

राष्ट्रियसभा निर्वाचन : आज मध्यरातदेखि मौन अवधि सुरु हुने, के–के गर्न पाइँदैन ?

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएको छ । राष्ट्रियसभा निर्वाचन  माघ १२ गते बुधबार हुँदैछ ।  मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने छ ।यस्तै एस.एम.एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।  उम्मेदवार

सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा निर्वाचन सुरक्षाबारे छलफल

केन्द्रीय सुरक्षा समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र आगामी स्थानीय तहको निर्वाचन सुरक्षाका विषयमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे जानकारी गराएका गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

राष्ट्रिय राष्ट्रियसभा निर्वाचन एमाले विरुद्ध अन्तिम किस्ता : रिजाल

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले राष्ट्रिय सभा निर्वाचन एमालेविरुद्ध गठबन्धनको अस्त्र भएको टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा नेता रिजालले राष्ट्रियसभा निर्वाचन नेकपा (एमाले) लाई घेराबन्दी गर्ने अन्तिम किस्ता भएको बताएका हुन् ।उनले अदालत, सभामुख, संवैधानिक आयोग, सरकारलगायतको मिलेमतोमा नेकपा (एमाले) लाई घेराबन्दी गर्नेदेखि विभाजित गर्नेसम्मका सम्पूर्ण अस्त्रहरु अब सकिएको ठोकुवा पनि गरेका छन् । ‘अध्यादेशका भरमा पार्टी विभाजन गर

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणाम समेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन (वाग्मती प्रदेश) मा डा. खिमलाल देवकोटा विजयी भएका थिए ।

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसमेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन९वाग्मती प्रदेश०मा डा खिमलाल देवकोटा विजयी हुनुभएको थियो ।