रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा फेला परेको सकेट बम सेनाद्वारा निष्क्रिय गरिएको छ । कालो प्लास्टिकको ड्रमभित्र लुकाइराखेको अवस्थामा बिहीबार फेला परेका सकेट बम आज शुक्रबार दिउँसो सेनाले निष्क्रिय गरेको हो । ड्रमबाहिर दुई वटा र ड्रमभित्र अनुमानित आठ गरी करिब १० वटा सकेट बम नेपाली सेना र नेपाल प्रहरीको टोलीले निष्क्रिय गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । बिहीबार दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयवासीले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जान