लमजुङ । लोपोन्मुख अवस्थामा पुगेर दुर्लभ मानिएको सालक लमजुङमा भेटिएको छ । तामे जातको सालक घाइते अवस्थामा उद्धार गरिएको सव डिभिजन वन कार्यालय धमिलीकुवामार्फत जंगलमा छाडिएको छ । लमजुङको पूर्वी क्षेत्रमा रहेको राइनास नगरपालिका– ९, मोहोरियाकोट गाउँका जगत भुजेल छउमा सालक भेटिएको हो । घरपालुवा कुकुरले जंगलबाट सालक बोकर आएको उनले बताए । उनका अनुसार […]
The post लमजुङमा लोपोन्मुख तामे सालक फेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
लमजुङ । पर्यटक बढ्न थालेपछि लमजुङमा रहेका होमस्टे (घरबास) सञ्चालक अतिथि सत्कारमा व्यस्त हुन थालेका छन् । सुस्ताएको पर्यटन व्यवसायले यस क्षेत्रमा विस्तारै लय लिन थालेको छ ।
बेँसीशहर नगरपालिका–३ काउलेपानी घरबास (होमस्टे)मा यतिबेला पर्यटकको चहलपहल हुन थालेसँगै यहाँ सुस्ताएको पर्यटन व्यवसायले गति लिन थालेको हो । चिसो मौसम शुरू भएसँगै पर्यटक आगमन सुस्ताएको थियो । यतिबेला दैनिक १५/२० जना र एक/दुई दिन बिराएर ८०/९० जनाको समूहमा पर्यटक आउन थालेको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष कविन्द्र गुरुङले बताए ।
उनले भने, ‘अब दैनिक दुई/तीन सय पर्यटक आउनेछन् । केही दिन अघिसमेत सिंगापुरबाट १४ विदेशी पर्यटक आएका थिए, ’ काउलेपानी होमस्टे सञ्चालक लक्ष्मी श्रेष्ठ भन्छिन्, ‘गाउँमा पर्यटक आउन थालेसँगै घरबास सञ्चालक पर्यटक सत्कारमा व्यस्त हुन थालेका छौं ।’ विगतमा दैनिक ३०० जनाको हाराहारीमा पर्यटक आउँथे ।
यहाँ विभिन्न जातिका घरबास छन् । नेवार समुदायका होमस्टेमा परम्परागत नेवारी खाजाका परिकार बनाएर पर्यटकलाई दिइन्छ । ती होमस्टेमा बिहानको खाजा सेटमा नेवारी परिकार सिन्कामारी, भट्टमारी, झिलिंगा, सेलरोटी चिउरा लगायत परम्परागत खाजा बनाएर खुवाउने गर्दछन् ।
लोपोन्मुख लाखे नाँच, गाईजात्रा, घोडेजात्रा, बाघ जात्रा, कृष्ण जात्रालगायत संस्कृतिका नाँच देखाउने गरेको र पर्यटकले धेरै मन पराउने गरेको उनको भनाइ छ । यहाँ लालीगुराँस समेत फुल्न शुरू गरेको छ, जुन पर्यटकको मुख्य आकर्षण हो । समितिका अनुसार यहाँका प्रतिघरबासले मासिक कम्तीमा रू. ५० हजार आम्दानी गर्छन् । काउलेपानीको (घरबास) होमस्टेलाई सन् २०१४ मा सरकारले नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरेको थियो । त्यसपछि काउलेपानीमा बाह्य तथा आन्तरिक पर्यटकको आगमन बढेको हो । सन् २०१६ मै काउलेपानी हामेस्टे स्वच्छ र अर्गानिक भएको भन्दै रू. १० हजार रकमसहित पुरस्कृत भयो ।
गुरुङ, नेवार भुजेल जातिले काउलेपानीमा अहिले १५ घरमा होमस्टे सञ्चालन गरेका छन् । ती होमस्टेमा ८८ बढी पाहुना सुत्ने बेड रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । यहाँबाट बुद्ध, माछापुच्छे, अन्नपूर्ण दोस्रोदेखि चौंथोसम्म, हिमालचुली, मनास्लु, मनास्लु दक्षिणलगायत हिमालसँगै सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ । गाउँमा रहेको काउलेपानी देवीको मन्दिरमा पुगेर दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
प्राकृतिक सुन्दरता, भौतिक संरचनाको बनोट र धार्मिक आस्थाका दृष्टिले पनि काउलेपानी मन्दिर पुग्न करै लाग्छ । काउलेपानी पुगेका पाहुनाले सो मन्दिरको अवलोकन तथा दर्शन गरेरै फर्किने गरेको होमस्टे सञ्चालक तिलमाया गुरुङले बताइन् । रासस
काठमाडौँ- लमजुङको दोर्दी गाउँपालिका ९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाले दशैँ मनाउनका लागि राहत वितरण गरेको छ । दशैँ मनाउनका लागि सहजताको लागी पालिकाले पालिकाभित्र रहेकोे तीन घरपरिवारलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । पालिकाले प्रति सदस्य जनही समान एक हजारका दरले आर्थिक सहयोग गरेको छ । आठ जना सदस्य रहेको […]
लमजुङमा काठमाडौं पशुपतिनाथको जस्तै चार ढोका भएको तर प्रचारमा त्यति नआएको मन्दिर छ, सात कन्या । स्थानीयस्तरमा महिमायुक्त मन्दिरमा चैत पूर्णिमाका दिन र ठूली एकादशीका दिन (कात्तिक)मा विशेष पूजा हुन्छ । करिब दुई दशकअघिसम्म यहा“ ‘सात दिन सात रात’सम्म मेला लाग्थ्यो रे ! बूढापाकाका अनुसार मेलाको अवसरमा लमजुङको लोपोन्मुख अवस्थामा रहेको ‘ठाडोभाका’का १२ देखि १५ […]
The post लम्जुङकाे सात कन्या मन्दिर, जहाँ भेटिन्छ मान्छे लुटुपुटु पार्ने बनस्पति ! appeared first on राजधानी राष्ट्रिय दैनिक.
लमजुङ । कोरोना कहरको पहिलो लहर सकिएपछि लय लिन थालेको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । लमजुङमा कोरोनाले थला पारेको पर्यटनले लय लिन नपाउँदै संक्रमणको दोस्रो लहरका कारण पुनः सुस्ताएको हो ।
जिल्लामा रहेको क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ, बेंसीसहर नगरपालिका–३ काउलेपानी, राइनास नगरपालिका–९ राइनासकोट, मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङलगायत घरबास तथा पर्यटकीय स्थलमा कोरोना संक्रमणका कारण यतिबेला सुनसान बनेका छन् ।
यसअघि पहिलो चरणको कोरोनाले प्रभावित बनेको सो क्षेत्रमा तीन/चार महिनादेखि पर्यटक आगमन भएर विस्तारै लय समाउँदै गरेको अवस्थामा पुनः दोस्रो चरणको महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएको छ ।
घलेगाउँमा २०७६ चैत ११ गतेदेखि भदौ तेस्रो सातासम्म ठप्प रहेको घरबास विस्तार खुल्न थालेका थिए । दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा हुनु केही दिनअघि दैनिक ५०० जना हाराहारी आन्तरिक पर्यटक आउने गरेका थिए ।
तर, पुनः कोरोना जोखिम बढेसँगै पर्यटन क्षेत्र बन्द हुँदा घरबास सञ्चालक तथा पर्यटन व्यवसायीले घाटा सहनुपरेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमल विकले बताए ।
उनले भने, ‘हामीले यतिका समय पर्यटन व्यवसाय थला परे पनि अब त विगतकै लयमा फर्किने सोचेका थियौं तर कोभिडकै कारण त्यसो भएन ।’
घलेगाउँका घरबास सञ्चालहरूको मुख्य आम्दानीकै स्रोत पर्यटन रहेकाले निषेधाज्ञाका कारण पर्यटक आगमन ठप्प हुँदा परिवारको गुजारा चलाउन समस्या पर्ने घलेगाउँ घरबास सञ्चालक तथा पर्यटन व्यवसायी दीर्घराज घले बताउँछन् ।
पर्यटक चहलपहल हुँदा यहाँका प्रत्येक घरबास सञ्चालकले मासिक कम्तीमा पनि ५०/६० हजार रुपैयाँ आम्दानी गर्दै आएका थिए । कोरोनाका कारण पर्यटक नै नआएपछि आम्दानी गर्ने बाटो बन्द हुँदा पर्यटन व्यवसायीको लगानी जोखिममा परेको छ ।
२०५७ बाट सञ्चालनमा आएको यो घरबासमा यतिबेला ३७ घर छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगै आप्mना कला, संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीहरुको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत हुने गरेको थियो ।
०६२/६३ को जनआन्दोलनपछि गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । घलेगाउँ समुद्री सतहदेखि २ हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गम थलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँसमेत हो ।
घलेगाउँबाट ६९८६ मिटर उचाइको लमजुङ हिमाल, ७९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६९६३ मिटर उचाइको माछापुच्छे« हिमाल, ८१६३ मिटर उचाइको मनास्लु हिमाल, ७८९३ मिटर उचाइको हिमालचुली, ७८३५ मिटरमा रहेको ङादीचुली (डा. हर्क हिमाल) र ६६७२ मिटर उचाइको बुद्व हिमाल आँखै अगाडि देख्न सकिन्छ ।
निषेधाज्ञाअघि दैनिक डेढ जनासम्म पर्यटक आउने गरेकामा अहिले ठप्प भएको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए । रासस