‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमको साइकल खरिदमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १९ साउन । प्रदेश नं. २ मधेस प्रदेशको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा खरिद गरेको साइकलमा अनियमितता भएपछि ८ जनाविरुद्ध मुद्दा दायर भएको छ । मधेस प्रदेशको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा खरिद गरेको साइकलमा अनियमितता भएको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा मधेश प्रदेशको मुख्यमन्त्री तथा […]

सम्बन्धित सामग्री

साइकल खरिद अनियमिततामा प्रदेश सचिवको बयान : ‘मुख्यमन्त्रीको निर्देशन मानेको हुँ’

मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भएको अनियमितताका आरोपितले ‘माथिको आदेश’ ले कानुनविपरीत काम गर्नुपरेको बयान दिएका छन् । मधेसका ८ जिल्लाका कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल खरिद गर्दा १० करोड ३३ लाखभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार प्रदेश सचिव यामप्रसाद भुसालसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मधेस प्रदेशमा साइकल खरिद गर्दा १० करोड घोटाला

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेस सरकारको ‘बेटी पढाऊ, ‘बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रदेश सचिवसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । छात्राको नाममा साइकल खरिद गर्दा १० करोडभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको ठहर छ । बुधबार अख्तियारले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सहलेखापाल राजाराम […]

बेटीका नाममा साइकलमा बेथिति

मधेस सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा साइकल खरिद गर्दा १० करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विशेष अदालतमा बुधबार दर्ता गरिएको मुद्दामा मधेस सरकारका सात कर्मचारी र एक साइकल आपूर्तिकर्ताविरुद्ध भ्रष्टाचार अभियोग लगाइए पनि साइकल वितरण गर्ने राजनीतिक नेतृत्वलाई भने उन्मुक्ति दिइएको छ ।