साइकल खरिद अनियमितता : तत्कालीन प्रदेश सचिव भुसालसहित कर्मचारी र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको आरोपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यामप्रसाद भुसालसहित ८ जनाविरुद्ध विशेष अदातलमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।