हेटौडा उपमहानगरपालिका ५२९०१ मत गणना सकिएको छ । बिहीबार मध्याह्नको मतपरिणामअनुसार मेयरमा १६४७१ मत पाएर मीना कुमारी लामाले अग्रता कायमै राखेकी छन् ।यस्तै एमालेका अनन्त पौडेलले १५४०९ मत पाउँदा राप्रपाका दिपक सिंहले १४७४९ मत पाएका छन् । यसैगरी उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले १७२८० मत पाउँदा काँग्रेसका राजेश बानियाँले २३८९७ मत पाएर लिड गरिरहेका छन्।