कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी छु : पशुपतिशमशेर जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले हालै पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताएका छन् । बिहीवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै पूर्व अध्यक्ष शमशेरले यस्तो बताएका हुन् ।उनले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको बताए । उनले पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको बताए ।पूर्वअध्यक्ष

सम्बन्धित सामग्री

पुनः ब्यूँतियो राप्रपा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पाँच वर्षपछि पुनः ब्यूँतिएको छ ।   कमल थापा नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)  पशुपतिशमशेर  जबरा  नेतृत्वमा  रहेको  राप्रपासँग २०७३  मा गाभिएको थियो ।   धनकुटाका  लाक्पा  तामाङको  नाममा  दर्ता  रहेको  राप्रपा  नेपाल तामाङले  राजीनामा  दिएपछि  थापा  अध्यक्ष  बनेका थिए।    थापाले शनिबार  प्रजातन्त्र  दिवसको  अवसर  पारेर  आफ्न...

राप्रपामा केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ- राप्रपाले एक साताअघि एकताको नाम दिएर महाधिवेशन सम्पन्न गरेको छ । एक साताअघि बुधबार भृकुटीमण्डपमा आयोजित महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेका तत्कालीन अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनबाट आउने जस्तोसुकै परिणाम स्वीकार्ने र पार्टीलाई एकताबद्ध भएर लैजाने घोषणा गरे । उद्घाटनसत्रमै अध्यक्षको उम्मेदवार रहेका राजेन्द्र लिङ्देनले पनि एकता महाधिवेशनपछि […]

पूजाआजासहित राप्रपाका अध्यक्ष लिङ्देनले गरे पदबहाल (तस्बिरहरु)

काठमाडौँ – राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन् । उनले सोमबार विशेष पूजाआजासहित पदभारग्रहण गरेका हुन् । पदवहाली गरेपछि अध्यक्ष लिङ्देनले आफ्नो जीत महाधिवेशन प्रतिनिधिहरुको मतका आधारमा भएको र यसमा निर्मल निवासको कुनै भूमिका नरहेको बताए । कमल थापा, पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनीसहितका पार्टीका नेताहरुको अभिभावकत्वमा एकताबद्ध बनाएर आफू अघि […]

राप्रपा बैठक : अध्यक्षत्रयको तीन कार्यपत्र परिमार्जनसहित पारित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा.प्रकाशचन्द्र लोहनीद्वारा प्रस्तुत तीन कार्यपत्र परिमार्जनसहित पारित गरिएको छ । बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तीन कार्यपत्र परिमार्जनसहित पारित गरेको हो ।मंसिर १५ गतेदेखि सुरु हुने एकता महाधिवेशनका लागि अध्यक्ष जबराले सामाजिक, थापाले राजनीतिक र लोहनीले आर्थिक कार्यपत्र तयार पारेका छन् । बैठकले विधान संशोधन सुझाव समितिका संयोजक निरञ्जन थापाद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धि मस्यौदा पनि परिमा

राजेन्द्र लिङ्देनको पक्षमा खुलिन् रेखा थापा

काठमाडौँ- कलाकार रेखा थापा कुन पार्टीमा आवद्ध छिन् भन्ने चासो बढिरहेका बेला उनी राप्रपामै रहेको संकेत दिएकी छन् । बिहीबार राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरे । उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भएर रेखाले आफू लिङ्देनको पक्षमा रहेको सन्देश दिएकी छन् । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई टक्कर दिँदै युवा नेताहरूको […]

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षका लागि राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर लिङ्देनले महामन्त्रीका उम्मेदवार धवल शमशेर राणाको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाउँदै उनले आफू ढुक्कसँग जित्ने दाबी गरे । बाँकी […]

राप्रपाको महाधिवेशन अनिश्चितकालको लागि स्थगित

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ। कोरोना भाइरसको दोस्रो लहरको जोखिमको कारण महाधिवेशन स्थगित गरिएको आज प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ। राप्रपाले यही जेठ २२ र २३ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने घोषणा गरेको थियो। राप्रपा अध्यक्ष कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

एकतापछि राप्रपा बलियो वैकल्पिक शक्ति बन्यो : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई राप्रपाबीचको एकताले नेपाली राजनीतिमा बलियो वैकल्पिक शक्ति तयार भएको बताएका छन्।   थापाले आफ्नो फेसबुकमा भिडियो सन्देशमार्फत एकीकृत नयाँ पार्टीले देशमा समृद्धि ल्याउने पनि दाबी गरेका छन्। थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर जबरा नेतृत्वका राप्रपा ...

राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता गर्ने सहमति

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (संयुक्त) बीच एकीकरण गर्ने सहमति भएको छ । राप्रपाका अध्यक्ष कमल थापा तथा राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी महाधिवेशन नभएसम्म एकीकृत ...