काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डोलप्रसाद (डिपी) अर्यालले करिब १३ सय मतको अग्रता लिएका छन् । अर्यालले १५ सय ५२ मत पाउँदा कांग्रेसकी नानुमैया बास्तोलाले २६१ मत पाएकी छन् । कांग्रेस उम्मेदवार बास्तोलाको भन्दा रास्वपाका अर्यालको मततान्तर १२ सय ९१ रहेको छ । एमालेका […]
देउखुरी– दाङ निर्वाचन क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार देवराज पाठकले एक हजार ५१५ मत प्राप्त गरेका छन् । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २९२ र नेकपा एमालेका रेवतीरमण घिमिरेले २२० मत प्राप्त गरेका छन् ।