सुर्खेतबाट मुगुको गमगढी जाँदै गरेको जीप आइतबार जुम्लामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा लु.१ज. ३७५४ नम्वरको जीप दुर्घटना हुँदा चालक र एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।...
सर्लाही, पुष १८ । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडकखण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल शनिबार राति रुखमा ठोक्किएर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो […]