चीनले बीआरआई देशका लागि उच्चस्तरीय आईपी सम्मेलन गर्ने

चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ती (आइपी) सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ ।

सम्बन्धित सामग्री

२० गतेदेखि निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ : एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र संस्थाका उच्चस्तरीय प्रतिनिधिको सहभागितामा यही मङ्सिर २० र २१ गते काठमाडौँमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।निर्वाचन आयोग नेपाल र ‘एसियन नेटवर्क फर फ्रि इलेक्सन’ को आयोजनामा हुने उक्त छैटौँ संस्करणको ‘एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरम’ को उद्घाटन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र समापन परराष्ट्रमन्त्री एनपी साउदबाट हुने तय भएको आयोगले जनाएको छ।सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० द

कोप-२७ ‘उच्चस्तरीय सत्र’को दोस्रो दिन ५४ देशका नेताले सम्बोधन गर्ने

काठमाडौँ,२२ कार्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन कोप(२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मंगलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहनेछ । ‘उच्चस्तरीय सत्र’ स्थानीय समय अनुसार बिहान १०ः३० बजेदेखि सुरु भइ दिउँसो १ बजेसम्म चल्नेछ । ‘उच्चस्तरीय सत्र’मा दोस्रो दिन मंगलबार विभिन्न मुलुकका ५४ राष्ट्र […]

कोप २७ ‘उच्चस्तरीय सत्र’को दोस्रो दिन ५४ देशका नेताले सम्बोधन गर्ने

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मङ्गलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहनेछ ।

बजेट नै छुट्ट्याएर पर्यटन प्रवर्द्धन गरिँदै

काठमाडौं । कोरोना महामारीका कारण संकटमा परेको नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षको बजेटमा १९ करोड ६० लाख रुपैयाँ बराबरको बजेट व्यवस्था गर्न सिफारिश गरिएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा नेपालको पर्यटन प्रवर्द्धन, प्रचारप्रसार र नेपाल खुला छ भन्ने सन्देश प्रवाहका लागि थप बजेट माग गरिएको राष्ट्रिय पर्यटन पुनरुत्थान समितिले बताएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम ओलेको अध्यक्षतामा गठित सो समिति मातहतको प्राविधिक समितिले सबद्ध सरोकारवालासँगको  छलफलका आधारमा कठिन समयमै नेपालको प्रचारप्रसार गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउनुपर्ने सुझाव दिएको छ । प्राविधिक समितिका संयोजक राजाराम गिरीका अनुसार परम्परागत तवरले भन्दा पनि सृजनात्मक ढंगले प्रचार गर्नुपर्नेमा जोड दिइएको छ । सोही लक्ष्य हासिल गर्न आगामी सेप्टेम्बरमा अन्तरराष्ट्रिय पर्यटन शिखर सम्मेलन आयोजना गरिएको छ । सम्मेलनमा २० भन्दा बढी देशका उच्चस्तरीय प्रतिनिधिमण्डललाई सहभागी गराउने तयारी छ । त्यसमा नेपालमा सबैभन्दा बढी पर्यटक आउने देशका पर्यटनमन्त्रीलाई आमन्त्रण गरिनेछ । दक्षिण एशियाली मुलुकका पर्यटनमन्त्री तथा पर्यटन क्षेत्रमा काम गरिरहेका विज्ञ तथा जानकारलाई सम्मेलनमा सहभागिताका लागि आमन्त्रण गरिनेछ । नेपाललाई माया गर्ने अन्तरराष्ट्रिय पर्वतारोही, पदयात्री तथा नेपालको पर्यटनका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मेलनमा सहभागी गराई, उनीहरूको सुझाव तथा सल्लाह लिन लागिएको संयोजक गिरीको भनाइ छ । सम्मेलनले विश्वव्यापी रूपमा ‘नेपाल खुला छ, नेपालको भ्रमण गर्नुस्’ भन्ने सन्देश विश्वव्यापी रूपमा प्रवाह गर्ने विश्वास समितिको छ । विश्वका प्रख्यात सेलिब्रेटीलाई आमन्त्रण गर्न थालिएको छ । सोही क्रममा अहिले टर्कीका प्रख्यात सेलिब्रेटी पोखरा पुगेका छन् । यस्तै, अन्य देशका कलाकार, खेलाडी तथा पर्वतारोहीलाई आमन्त्रण गरेर नेपालका बारेमा विश्वव्यापी रूपमा चर्चा परिचर्चाको केन्द्रमा पुर्‍याउने समितिले लक्ष्य तय गरेको छ । यस्तै, समितिले नेपालको हरेक पर्यटकीय क्षेत्रको जानकारी रहने गरी ‘टुरिजम डिजिटल म्याप’ बनाउने भएको छ । ‘एक गाउँ एक पर्यटन क्षेत्र’को अभियानलाई पनि सोही डिजिटल नक्सामा समावेश गर्ने लक्ष्य छ । सो काम नेपाल पर्यटन बोर्डले गर्नेछ । नयाँ पर्यटकीय गन्तव्यदेखि पुराना गन्तव्य पनि त्यसमा जोडिनेछन् । पर्यटकले सो नक्शा हेर्नेबित्तिकै नेपालका पर्यटकीय क्षेत्रको बारेमा थाहा पाउनेछन् । सो कार्यका लागि ५० लाख रुपैयाँ खर्च गर्ने तयारी गरिएको संयोजक गिरीको भनाइ छ । रासस

चीनद्वारा बीआरआईबारे उच्चस्तरीय सम्मेलन आयोजना

काठमाडौँ । चीनले नेपालसहित एसिया प्रशान्त क्षेत्रका मुलुकका परराष्ट्र र अर्थमन्त्रीहरूसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा केन्द्रीत रही उच्चस्तरीय सम्मेलनको आयोजना गरेको छ । बीआरआई र कोरोना महामारीबारे ३० देशका प्रतिनिधिहरुलाई भेला गरी छलफलको आयोजना गरेको हो । छलफलमा नेपालका तर्फबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेको सहभागिता रहेको थियो । सम्मेलनमा बोल्दै पौडेलले कोरोना […]

लगानी सम्मेलन सुरू

सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागिता रहेको छ। यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको उल्लेख्य सहभागिता छ।