पर्वत : ‘मैले सन् २०१३ मा ग्रामीण विकास विषयमा विद्यावारिधि गरेँ। बजारमा बसेर जागिरको खोजीमा हराउनु भन्दा ग्रामीण क्षेत्रमा पनि सम्भावनाका उदाहरण देखाउनु छ,’ पर्वतको फलेवास नगरपालिका–८ ठानामौलाका योगेन्द्रराज रिजाल भन्छन्, ‘पुर्खाले जोडिदिएको उत्पादनको महत्त्वपूर्ण साधन ‘खेतीयोग्य जमिन’ खेर फाल्ने, आफूसँग भएको जग्गा जस्तो अमूल्य सम्पत्ति नदेख्ने अनि जागिर पेशा केही नभएको भन्दै चिन्ता गर्नेहरू धेरै छन्।’२२ वर्ष अगाडिसम्म सुन्तलाको एउटा पनि बोट नभएको