रानी जमरा कुलरिया सिँचाइ आयोजना : ११ वर्षमा ३० प्रतिशत काम

टीकापुर । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको समयावधि सकिन लाग्दा पनि काम पूरा नहुने सङ्केत देखिएपछि सरोकारवाला चिन्तित भएका छन् । टीकापुरस्थित संवाद समूहले आयोजना गरेको छलफलमा सिँचाइ आयोजनाबाट लाभान्वित हुनेहरु यतिखेर चिन्तामा छन् । मूल कुलाका पदाधिकारी र रानी जमरा कुलरिया गरी तीन वटै नदी प्रणाली उपभोक्ता समितिका पदाधिकारी, पत्रकार र […]

सम्बन्धित सामग्री

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै - Nepal Japan

कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ ।

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना : कृषितर्फको खर्च कम

कार्यक्रमले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेन ।

चैते धान खेती विस्तार गरिँदै

कैलालीमा यस वर्ष एक हजार एक सय हेक्टरमा चैते धान खेती विस्तार हुँदैछ । कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय सरकार र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा उक्त क्षेत्रफलमा चैते धान खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा विभिन्न २२ वटा कृषक, कृषि सहकारी र समूह […]

टीकापुरमा हात्ती र पशुको त्रासले आलुखेती

१० पुस, टीकापुर । कैलालीको टीकापुर-८ श्रीलङ्कामा जङ्गली जनावर हात्ती र छाडा पशुचौपायाका डरले आलुखेती गरिएको छ । श्रीलङ्काका स्थानीय किसानले यहाँको माटो बलौटे रहेकाले आलुखेतीका लागि उत्तम रहेको र आलुखेतीलाई पशुबाट जोगाउन सहज हुने भएकाले यो खेती रोजेको बताएका छन् । किसानलाई आलुखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले सघाएको छ । आयोजनाले […]

रानी जमरा कुलरिया सिँचाइ आयोजना : जलविद्युत्को काम अन्तिम चरणमा

बाँके । रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत निर्माणाधीन जलविद्युत्को काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाको चार मेगावाट क्षमताको जलविद्युत् योजना जानकी गाउँपालिका–९ कटाक्षे क्षेत्रमा रहेको छ । आयोजनाले भवन निर्माण र नहरको सबै काम सम्पन्न गरिसकेको छ भने अहिले उपकरण सामानको जडानको काम हुँदै आएको छ । गतवर्षकै असार मसान्तसम्ममा मुख्य नहरमा पानी छाड्ने लक्ष्य भए पनि कोरोना संक्रमणका कारण समयमै काम सम्पन्न हुन नसक्दा आयोजनाको काम लम्बिएको हो । आयोजनाले असार मसान्तसम्ममा सबै काम सम्पन्न गरेर मङ्सिर महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको भए पनि काम सम्पन्न हुन अझै समय लाग्ने भएको छ । सो आयोजनाको प्रमुख केदार श्रेष्ठले चालू आर्थिक वर्षको अन्तिमसम्म काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गर्दै आएको जानकारी दिए । कोरोनाका कारण समयमै आयोजनाको काम सम्पन्न गर्न नसकिएको भन्दै उनले बाहिरी काम सम्पन्न भए पनि उपकरण जडानको काम शुरू भएको बताए । ‘काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ । सम्भवतः असार मसान्तभित्र काम सम्पन्न होला,’ उनले भने, ‘गत कात्तिकमा आएको बाढीका कारण पनि आयोजनाको काम लम्बिएको हो । बाढीले आयोजनामा क्षति पुर्‍याउँदा त्यसको मर्मतसम्भारमा पनि समय लागेकाले आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको हो ।’ तुदी कन्स्ट्रक्शनले हाइड्रोपावर निर्माणको जिम्मा पाएको छ । हाइड्रोपावरसँगै ६ किलोमिटर नहर र पाँच किलोमिटर कर्णाली नदीमा तटबन्धको जिम्मा पाएको कन्स्ट्रक्शनले तटबन्ध र नहरको काम सम्पन्न गरिसकेको छ । करिब दुई अर्बको लागतमा निर्माण भएको आयोजना अन्तर्गत जलविद्युत्को ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले बताएको छ । आयोजनाबाट उत्पादन भएको विद्युत् लम्की स्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । निर्माण कम्पनीका इञ्जिनियर उदय पोखरेलले असारसम्म विद्युत् उत्पादन गरेर हस्तान्तरण गर्ने गरी आयोजनाको काम भइरहेको बताए । नहर र तटबन्धको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र जलविद्युत्को ९० प्रतिशत काम सम्पन्न भएको जानकारी उनले दिए । कोरोनाको संक्रमणका कारण ढिलाइ भएको उनले बताए । ‘हामीले गत आर्थिक वर्षको अन्तिमसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेका थियौं । कोरोनाको कारण समयमै काम सम्पन्न गर्न नसक्दा त्यो हुन सकेन,’ उनले भने, ‘वैशाखसम्ममा हाइड्रोपावरको परीक्षण गर्ने तयारी गरेका छौं । असारमा सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्छौं ।’ रासस

किसानलाई ३२६ पावरटिलर वितरण गर्दै सिँचाइ आयोजना

किसानले कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन्  । कृषिकार्यमा सहजता तथा कृषि उत्पादकत्वमा वृद्धि हुने भएकाले किसानले पछिल्लो समयमा कृषियन्त्रको प्रयोग बढाउँदै जाँदा मागसमेत बढ्दै गएको छ ।कृषियन्त्र अन्र्तगत सबैभन्दा धेरै पावरटिलर ट्रयाक्टर किसानको रोजाइमा परेको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फका प्रमुख भरतप्रसाद क...

सिँचाइ आयोजनाले  ३२६ पावरटिलर वितरण गर्दै

किसानले कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन्  । कृषिकार्यमा सहजता तथा कृषि उत्पादकत्वमा वृद्धि हुने भएकाले किसानले पछिल्लो समयमा कृषियन्त्रको प्रयोग बढाउँदै जाँदा मागसमेत बढ्दै गएको छ । कृषियन्त्रअन्र्तगत सबैभन्दा धेरै पावरटिलर ट्र्याक्टर किसानको रोजाइमा परेको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फका प्रमुख भरतप्रसाद क...

रुखको जरा हटाउन अनुमति नदिदा रानी-जमराको काम प्रभावित

काठमाडौं । बाराको निजगढमा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थल रुख कटानको विवादमा परिरहेका बेला अर्को एउटा राष्ट्रिय गौरवको आयोजनाले लामो समयसम्म जरासम्बन्धी अल्झन खेप्नुपरेको तथ्य खुलेको छ ।      राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना ...