मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ३ जना मन्त्रीहरु तथा एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नियुक्त गरेका नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीलाई पद र गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।मुख्यमन्त्री पौडेलले नुवाकोटका केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, सिन्धुपाल्चोकका सरेस नेपाललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, दोलखाकी सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी